+
+

पोखरामा १३ नम्बर वडाले रोजगार मेला गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १४:४६

१७ फागुन, पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले शुक्रबार बेरोजगार युवा लक्षित ‘रोजगार मेला’ आयोजना भएको छ ।   ‘रोजगार मेला’ मा विभिन्न रोजगारदाता कम्पनीका १० वटा स्टल राखेर कर्मचारी छनोट तथा प्रशिक्षण दिइने वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

‘पोखरा जब फेयर’मा विभिन्न व्यापारिक घरानादेखि जब एजेन्सिज्, मन्टेस्वरी स्कुल र आइटीसम्बद्ध विद्यार्थीहरु पनि सहभागी हुनेछन् ।

‘अहिले पोखरा फुड्सलाई ५० वटा कर्मचारी चाहिएको रहेछ । उसले आखिर कर्मचारी छनोट गर्नुपर्छ भने जब फेयरबाटै किन नगर्ने त ?’ वडाध्यक्ष बरालले भने, ‘योबाहेक फेयर जागिरमात्रै होइन, स्वरोजगारका उपायहरु पनि सिकाइन्छ ।’

वडाध्यक्ष बरालले ‘रोजगार मेला’मा विभिन्न बैंक पनि सहभागी हुँदैछन् । उनीहरुले सहभागीहरुलाई बैंकमा जागिर गर्दा आवश्यक पर्ने कागजात र निवेदन लेखन ढाँचासमेत सिकाउनेछन् ।

वडाध्यक्ष बरालले भने, ‘सहभागीहरुलाई रिजुमी र बायोडाटा बनाउन सिकाइन्छ । यसले उनीहरुलाई भोलि सहयोग पुग्ने विश्वास छ ।’

जब फेयरमा एक हजारभन्दा बढी सहभागी हुने वडाको विश्वास छ । उनले व्याप्त बेरोजगारी र निराशालाई कम गर्न वडाबाटै सानो सुरुपातमात्रै गरेको बताए ।

‘अहिले बढ्दो बेरोजगारीले युवाहरुलाई निरास बनाएको छ । कतिपय त फर्म भर्न पनि नजानेर जागिर पाउँदैनन्’, उनले भने, ‘सामान्य फर्म भर्नेदेखि रोजगारदातासँग प्रत्यक्ष जोड्ने गरी यो कार्यक्रम आयोजना गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?