+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

फेरि सडकमा आउने सहकारी पीडितहरुको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १६:१४

१८ फागुन, काठमाडौं । सरकारले आफूहरुसँग गरेको सहमतिबमोजिम काम नगरेको भन्दै देशभरका सहकारी पीडित फेरि सडकमा आउने भएका छन् ।

सहकारी बचतकर्ता संरक्षण अभियान (महासंघ)का अध्यक्ष कुशलव केसीले चैत १ गतेदेखि सडक आन्दोलन गर्ने तयारी भइरहेको बताए । त्यसका लागि अहिले महासंघले काठमाडौं, ललितपुर, भक्तपुरलगायत जिल्लामा घरदैलो कार्यक्रम पनि गरिरहेको छ ।

‘सरकारले चैत मसान्तसम्म सबै पीडितको पैसा फिर्ता हुने वातावरण मिलाइदिने भन्ने मन्त्रीजी (भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ)ले नै बोल्नुभएको हो’, महासंघका अध्यक्ष केसीले भने, ‘तर हामीले आश्वासनमात्रै पायौं, आधार नपाएपछि सडकमा आउन बाध्य भएका हौं ।’

केसीले अबको आन्दोलन ‘निर्णायक’ हुने भएकाले माग पूरा नभएसम्म घर नफर्किने जानकारी दिए । ‘त्यो दिन विभिन्न ५ वटा प्वाइन्ट तोकेर शान्तिपूर्ण पैदलयात्रा गर्दैछौं । सुन्धारा हुँदै भृकुटीमण्डपमा पुगेर हाम्रो कोण सभा हुन्छ’, उनले भने, ‘त्यसबेला प्रधानमन्त्री नै आएर हाम्रो माग सम्बोन गर्नपर्छ, नत्र घर फर्किँदैनौं ।’

देशभरका सहकारी पीडितका प्रतिनिधि १३ दिनदेखि सहकारी विभागमा आफ्नो धर्ना पनि जारी राखेका छन् । सहकारीहरुले आफूहरुको बचत फिर्ता गर्न सक्ने अवस्था नरहेको सरकारलाई दबाब दिन धर्ना बस्नुपरेको गोपाल त्रिपाठीले सुनाए ।

यसअघि देशभरका सहकारी पीडितहरु हजारौंको संख्यामा उपस्थित भएर काठमाडौंमा २ महिना लामो आन्दोलन गरेका थिए । आन्दोलनको ६३औं दिनमा साउन १८ गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलगायत सरकारका प्रतिनिधिसँग ७ बुँदे सहमति गर्दै सहकारी पीडितले आन्दोलन स्थगन गरेका थिए ।

सहमतिपत्रमा चैत मसान्तभित्र सहकारीका बचतकर्ताहरुको बचत फिर्तालाई सुधार गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने, बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयन गर्ने उल्लेख थियो ।

२६ वैशाखमा योजना आयोगका सदस्य जयकान्त राउतको संयोजकत्वमा बनेको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ बपनि बनायो । जसले भदौ अन्तिम साता सरकारलाई बुझाएको प्रतिवेदनान चैत मसान्तभित्र सहकारी पीडितको रकम फिर्ता गराउन सुझाव दिएको थियो ।

कार्यदलको सुझावबमोजिम माघ २५ गते प्रज्ञा डबलीमा मन्त्रीसहित सरकारी प्रतिनिधि, सरोकारवाला निकायलाई डाकेरसहकारी बचतकर्ताहरुले बचत फिर्ता गर्न आवश्यक मुख्य आधारबारे छलफल गर्न खोजेको थिए । ‘तर, त्यसमा सरकारी पक्षबाट कोही सहभागी हुनुभएन । त्यसपछि आधार खोज्न फेरि सडकमा आउने निर्णय गरेका हौं’, महासंघका अध्यक्ष केसीले भने ।

सरकारले बचत फिर्ताको आधार पनि नदिने र ७ महिना बित्दासमेत सहमतिबमोजिम कुनै पनि बुँदा कार्यान्वयन नभएको भन्दै आफूहरुले पुनः आन्दोलनको घोषणा गरेको महासंघको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?