+
+

फरक अनुभूतिसँगै कसरी बदलिन्छ शरीरको रङ ?

वैज्ञानिकहरुले हालै एउटा यस्तै अध्ययन गरेका छन् । यो अध्ययन यसकारणले आवश्यक छ कि भविष्यमा यिनै रंग तथा तापमानको आधारमा भावनाहरुसँग सम्बन्धित मानसिक रोगहरुको उपचार पनि गर्न सकिनेछ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १९:२४

काठमाडौं । इमोसन अर्थात् संवेग वा भावना । यसले हाम्रो व्यवहार तथा मानसिक स्थितिलाई नियन्त्रण गर्दछ । केवल यतिमात्र होइन यसले हाम्रो शरीरको तापमान तथा रंगलाई समेत नियन्त्रण गर्दछ । हरेक भावनाले केही न केही भनेको हुन्छ र आफ्नो अलग्गै रंग देखाउँछ ।

आम रुपमा हामीले कोही मानिस रिसाएको बेला ‘रिसले रातो भयो’ भन्ने गरिन्छ । त्यसले लाजले भुतुक्क भएर रातो भयो अनि डरले कालो निलो भयो भनिन्छ । यसमा केही सत्यता छ।

शरीरमा भावनाकै कारण आउने परिवर्तन देश, शहर, मौसम तथा पर्यावरण अनुरुप बदलिन्छ । हाम्रो देशमा रिसको बेला मानिसहरु रातो हुन्छन् भनेर उत्तरी ध्रुवमा बस्ने मानिसहरुको शरीरले पनि त्यस्तै प्रतिक्रिया जनाउँछ भन्ने होइन । तथापि भावनाहरुका कारण हुने शारीरिक परिवर्तन तथा अनुभूति पूरै विश्वभर नै करिब एकै खालका हुन्छन्।

वैज्ञानिकहरुले हालै एउटा यस्तै अध्ययन गरेका छन् । यो अध्ययन यसकारणले आवश्यक छ कि भविष्यमा यिनै रंग तथा तापमानको आधारमा भावनाहरुसँग सम्बन्धित मानसिक रोगहरुको उपचार पनि गर्न सकिनेछ।

पीएनएस जर्नलमा हालै यो शोध प्रकाशित भएको छ । यसका लागि पाँच प्रकारका प्रयोगहरु ग्रिएको छ जसमा ७ सय १ जनाले भाग लिएका छन्।

ती सबै मानिसलाई फरक फरक ब्याचमा बाँडेर उनीहरुलाई केही शव्द सुनाइयो, कथाहरु सुनाइयो, फिल्म देखाइयो, अनुहारका भावभंगी देखाइयो । त्यसपछि उनीहरुलाई त्यस्ता कुरा हेर्दा तपाईको शरीरको कुन हिस्सामा कस्तो खालको अनुभूति तथा तरंग उत्पन्न भएको थियो ? भनेर सोधियो । त्यस क्रममा सबै जनाले आ आफ्नो शरीरमा महसुस गरेको बदलावको बारेमा बताए। त्यसलाई शोधकर्ताहरुले चित्रमार्फत् देखाएका छन् ।

त्यसरी प्रयोगमा समावेश गरिएका सबै मानिसहरु युरोप तथा एसियाका थिए ।

भावनाले कसरी शरीरको नक्सालाई बदल्छ ?

जब तपाईले आफ्नो कुनै प्रिय, प्रेमी वा प्रेमिकासँग भेट्न जानुहुन्छ तब तपाईको चाल निकै हल्का हुन्छ । अधिक उत्साहका कारण मुटु तिव्र गतिले धड्किन थाल्दछ । त्यस्तै जब एन्जाइटी वा बेचैनी तथा व्यग्रताको अनुभूति हुन्छ तब तपाईका मांसपेशीहरु खुम्चिन थाल्दछन् अनि हातबाट पसिना आउन थाल्दछ । यस्तो धेरैजसो जागिरका लागि अन्तरवार्ता दिन जाने क्रममा हुन्छ ।

शोधकर्ताहरुका अनुसार हरेक भावनाले हाम्रो कार्डियो भास्कुलर तथा स्केलेटोमस्कुलर अर्थात् मुटु, फोक्सो, मांशपेसी तथा हड्डीहरुमा दबाब पर्छ। यसका अलावा न्युरोइन्डोक्राइन तथा अटोनोमिक स्नायु प्रणालीमा पनि असर पार्दछ । त्यसैका कारणले शरीर तथा भावनाको बीचमा तालमेल हुन्छ।

काँचजस्तै टुट्दैन मुटु, आफ्नो काम गरिरहन्छ

प्रेममा धोका खाएका मानिसहरुको मन तथा मुटु किन टुट्छ । यो पनि भावना नै हो । हृदय के शरीरभित्र काँचजस्तै टुटेको हुन्छ र ? उसले त आफ्नो काम लगातार गरिरहेको हुन्छ । उसले त पूरै शरीरभर रगतको आपूर्ति गर्दछ । मात्र यस्ता भावनाहरु छचल्किएको बेला यसको गति केही तिव्र बन्दछ ।

हरेक भावनामा हाम्रो शरीरको तापमान तथा रंग किन परिवर्तन हुन्छ ? चाहे रिस होस् वा डर अनि खुसी नै किन नहोस् ।

तर वैज्ञानिकहरुले अहिलेसम्म यो बुझ्न सकेका छैनन् कि भौगोलिक रुपमा फरकपना आउँदा शरीरमा देखापर्ने यस्तो परिवर्तनमा पनि किन बदलाव आउँछ । अर्थात् भावनाहरुउपर शरीरले देखाउने प्रतिक्रिया किन ठाउँ अनुसार फरक फरक हुन्छ ? भन्ने विषयमा शोधकर्ताहरुले अध्ययन जारी राखेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?