+

डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल सिफारिस गर्ने डाक्टरलाई कारबाहीको चेतावनी

२०८० फागुन  १८ गते १९:३१ २०८० फागुन १८ गते १९:३१
डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल सिफारिस गर्ने डाक्टरलाई कारबाहीको चेतावनी

१८ फागुन, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल अर्थात खाद्यपूरक उत्पादन सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिइएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपेरिन्डेन्ट डा. बद्रि रिजालले एक सूचना जारी गर्दै औषधी व्यवस्था विभागमा दर्ता/स्वीकृत भएका अत्यावश्यक बाहेक कुनै पनि खाद्यपूरक सामग्रीहरु सिफारिस नगर्न÷नगराउन चिकित्सकलाई निर्देशन दिएका छन् ।

गैरकानुनी रूपमा आयात गरी औषधि पसलबाट फर्मास्युटिकल बनावट ( ट्यावलेट/क्याब्सुल/सिरप) मा गैरकानुनी रूपमा बिक्री वितरण भइरहेका यस्ता औषधी पैठारी, बिक्री वितरण, सञ्चय, परिवहन तथा बिरामीलाई सिफारिस नगर्न औषधि व्यवस्था विभागले अनुरोध गरेको थियो । सोही अनुसार अस्पतालले रोक लगाएको डा. रिजालले जानकारी दिए ।

निर्देशन विपरीत त्यस्तो सिफारिस गरिएको भेटिएमा सम्बन्धित चिकित्सक/स्वास्थ्यकर्मीलाई कानुन बमोजिम कारबाहीको लागि सिफारिस हुने चेतावनी समेत दिइएको छ ।

तर, औषधि व्यवस्था विभागको अनुमति बिना खाद्यपूरक सामग्रीहरु गैरकानुनी रुपमा आयात गरी नेपाली औषधी बजारमा निर्वाध रुपमा बिक्री हुँदै आइरहेको छ । चिकित्सकको सिफारिसमा औषधि पसलबाट ती सामग्रीहरु ट्याब्लेट, क्याप्सुल आकारमा बिक्री हुँदा पनि सरकारले निगरानी गर्न सकेको छैन ।

न्युट्रासिटिकल अहिलेसम्म औषधिको रुपमा दर्ता भएको छैन । चिकत्सकीय उपचारमा भिटामिन, मिनिरल लगायतका विविध समिश्रणमध्ये केहीलाई औषधी व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ । तर, पनि बजारमा डायटरी सप्लिमेन्ट, न्युट्रास्युटिकलहरु गुणस्तर एकिन नभइ अत्याधिक चर्को मूल्यमा बिक्री भइरहेका छन् ।

विभागले न्युट्रास्युटिकलहरु अनुमति लिएरमात्रै बिक्री वितरण गर्न पटक-पटक सार्वजनिक सूचना समेत जारी गरिसकेको छ ।

औषधि व्यवस्था विभाग ट्रमा सेन्टर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय