+
+

महालक्ष्मी विकास बैंकले महिला उद्यमीलाई विद्युतीय गाडी किन्न वित्तीय सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला लघु उद्यमीहरुलाई विद्युतीय सवारी साधन खरिदका लागि वित्तीय सहयोग गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आलय प्रालि र रायन इनजी प्रालिको सहकार्यमा महिला उद्यमीहरुको वित्तीय पहुँच तथा स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न वित्तीय सहयोग प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस अन्तर्गत महालक्ष्मी विकास बैंकले बनेपा, धुलिखेल र काभ्रेपलान्चोकमा रहेका महिला लघु उद्यमीहरुलाई विद्युतीय सवारी साधन खरिद गर्न वित्तीय सहयोग प्रदान गर्नेछ ।

साथै आधिकारिक विक्रेता तथा निर्माताको रुपमा रहेको रायन इनर्जी प्रालिले सुरक्षित तथा वातावरणीय अनुकूल विद्युतीय सवारी साधनहरु आपूर्ति गर्नेछ र सोको आवश्यक प्रशिक्षण, मर्मत सम्भार तथा वारेन्टी समेत प्रदान गर्नेछ ।

यो सहकार्य नेपालमा हरित अर्थतन्त्रको प्रवद्र्धन, वित्तीय विशेषज्ञता तथा नविनत्तम प्रविधिको विकास तथा लैङ्गिक समानता हासिल गर्न एक गतिशिल साझेदारीको रुपमा रहने बैंकले जनाएको छ ।

साथै यो सम्झौताले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने, समुदायको दिगो विकास गर्ने तथा पर्यावरणीय मैत्री यातायातको अवलम्बन गर्ने प्रमुख लक्ष्य लिएको बैंकको भनाइ छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको यस सहकार्य लैङ्गिक समानता हासिल गर्न तथा महिलाहरुलाई अवसर सिर्जन गर्न तथा महिला सशक्तीकरणको लागि एक महत्वपूर्ण उदाहरणको रुपमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?