 
																			२८ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार नारायणप्रसाद दाहालले आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भनेकामा असन्तुष्टि जनाएका छन् ।
राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि दाहाललाई संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुले प्रचण्डको भाइ भएका कारण अवसर पाएको भनिन्छ नि भनेर सोधेका थिए ।
जवाफमा दाहालले पार्टीमा आफ्नो योगदान अनुसार जिम्मेवारी पाएको दाबी गरे । आफूलाई विगतदेखि नै प्रचण्डको भाइ भन्दै आलोचना गर्ने गरिएको दाहालले गुनासो गरे ।
‘यो कुरा (प्रचण्डको भाइ भन्ने कुरा) सुन्दा सुन्दा मेरो कान पाकिसके, भन्दा भन्दा मुख थाकिसके । यो अहिले होइन २०६३ सालमा जुन बेला म अन्तरिम व्यवस्थापिकामा प्रवेश गरेँ त्यो बेलादेखि यस्तो कुरा गर्नेहरु छन्’ दाहालले भने ।
पार्टीभित्रै पनि नेताहरुले प्रचण्डको भाइ भएका कारण अवसर पाएको भनी टिप्पणी गरेको भन्दै उनले रोष प्रकट गरे ।
१६ फागुनमा बसेको पार्टीको स्थायी समिति बैठकले दाहाललाई बागमती प्रदेशको सहइन्चार्जको जिम्मेवारी दिने प्रस्ताव आएको थियो । उक्त प्रस्तावको उपमहासचिव जनार्दन शर्माले विरोध गरेका थिए । त्यसपछि यो विषयमा निर्णय भएन ।
‘एउटा पार्टीको सहइन्चार्जमा जाँदा पनि त्यो खाल (प्रचण्डको भाइ भएर अवसर पाएको) को आरोप लाग्ने गरेको छ’ दाहालले नेता शर्मालाई प्रश्न गरे, ‘म २०३६ सालमा यो पार्टीमा प्रवेश गर्दा तपाईं कति वर्षको हुनुहुन्थ्यो ? जसलाई पार्टीमा कुन बेला कसरी लागेँ, युद्धमा म कहाँ कसरी खटेँ भन्ने थाहै छैन उसैले प्रश्न गर्दा त्यो कति न्यायसंगत हुन्छ ?’
दाहालले अहिले दाजुभाइ भनेर आलोचना गर्नेहरुले युद्धका बेला किन दाजुभाइ नै हिँडेको भनेर नसोधेको बताए । ‘अहिले दाजुभाइको नाता पर्ने हिसाबले हुन्न भन्ने हो भने युद्धमा हिँड्दा दाइ हिँडेको छ तँ नहिँड, पाउँदैनस्, हुन्न भन्न किन नआएको ?’ उनले भने ।
सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । राष्ट्रियसभामा माओवादी, एमाले र एकीकृत समाजवादीका सांसदको
आफू अध्यक्ष निर्वाचित भएमा निष्पक्ष भूमिका निर्वाह गर्ने दाहालको प्रतिवद्धता छ । उनी भन्छन्, ‘म राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रिय सभामा आएको हुँ । म कुनै पार्टी विशेषबाट आएको छैन । दुई वर्ष सभामा बस्दा म अलग्गै बसेँ । पार्टीको बीचमा बसेको छैन ।’
राष्ट्रियसभामा तत्काल केही विधेयकहरु पास गर्नुपर्ने भएकाले त्यसलाई प्राथमिकता दिने उनले बताए । राष्ट्रिय सभाको गरिमा बढाउन आवश्यक रहेको भन्दै दाहालले त्यसमा ध्यान दिने बताए ।
‘संविधानमा लेखिएको र राष्ट्रिय सभालाई बुझ्ने कुरामा जुन खालको अन्तर जस्तो देखिएको छ । त्यसलाई चिर्दै संविधानतः राष्ट्रिय सभालाई जुन मान्यता दिइएको छ जुन रुपमा राख्न खोजिएको छ त्यो स्तरमा पुर्याउनुपर्छ भन्ने लागेको छ’, उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4