
४ चैत, काठमाडौं । बारा प्रहरीले ६०० बोरा रासायनिक मलसहितको ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट बाराको कलैया तर्फ जाँदै गरेको ना४ख १९२ नम्बरको ट्रकमा लोड गरेको अवस्थामा ६ सय बोरा युरिया मल (प्रतिबोरा ५० केजी) नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।
बारा प्रहरीका प्रवक्ता डीएसपी दधिराम न्यौपानेका अनुसार ५ लाख बराबरको बिल नभएको मल बरामद गरिएको हो ।
नियन्त्रणमा लिएको ट्रक र बरामद मल राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4