+
+

ठगीको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १९:११

४ चैत, काठमाडौं । विदेशबाट बहुमूल्य सामान ल्याइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

महोत्तरीको भंगाहा नगरपालिका–८ का ३४ वर्षीय एमडी सकिल अहमद मुस्ताफ भनिने महमद सकिल अहमल पक्राउ परेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।

उनले अनलाइन बिजनेस गर्छु भन्दै झुक्याएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए । अहमलले विदेशबाट ल्यापटप, मोबाइल, कम्प्युटर लगायतका सामान ट्रान्सपोर्ट गर्ने भन्दै अर्डरका लागि ११ लाख ३५ हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?