
५ चैत, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शनका लागि स्पिकर्स कर्नर तोक्न सरकारलाई आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुँदै आएको बताए । ‘पञ्चायतमा समेत खुलामञ्च र माइतीघर स्पिकर्स कर्नरको रूपमा प्रयोग हुँदै आएकोमा अहिले विभिन्न ठाउँमा निषेधित क्षेत्र तोकिएको छ’ उनले भने ।
स्पिकर्स कर्नरका लागि युकेमा हाइ पार्क तोकिएको उल्लेख गर्नै उनले थपे, ‘नेपालमा पनि अभिव्यक्ति स्वतन्त्रता र विरोध प्रर्दशनका लागि स्पिकर्स कर्नर तोकियोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4