 
																			काठमाडौं । च्याट जिपिटीले जेनेरेटिभ एआईको दुनियामा यस्तो तहल्का मच्चाइरहेको छ कि यो क्षेत्रमा गुगल जस्ता दिग्गज कम्पनी समेत फ्लप देखिएका छन् । सायद त्यहीँ कारणले गर्दा गुगल र एप्पलले एक आपसमा सहकार्य गर्नुपर्ने अवस्था आएको छ।
आर्टिफिसियल इन्टेलिजेन्सको चर्चा यत्रतत्र छ । यहीँ क्रममा यो वर्षको सुरुवातमा सामसुंगले आफ्नो ग्यालेक्सी एआई सार्वजनिक गर्यो । आगामी दिनमा एप्पलले पनि आफ्नो एआई ल्याउने योजनामा छ र उसको आगामी आइफोनमा विभिन्न एआई फिचरहरु उपलब्ध हुनेछन् । ब्लुम्बर्गका अनुसार एप्पलले यसका लागि गुगलसँग छलफल सुरु गरेको छ ।
एप्पलले आफ्नो आगामी आइफोनका लागि आर्टिफिसियल इन्टेलिजेन्सवाला फिचर तयार गरिरहेको छ। उक्त आर्टिफिसियल इन्टेलिजेन्सलाई गुगलको जेमिनीले सामथ्र्य प्रदान गर्नेछ।
एप्पलले हालै माइक्रोसफ्टको ओपन एआईसँगको सहकार्यको चर्चापनि गरेको थियो ताकि उसले एप्पलको एआई मोडेल बनाउन सहयोग गरोस् । यद्यपि तिनैवटा कम्पनीले यसबारेमा कुनै पनि विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।
आइफोनका लागि एआई फिचर तयार गर्ने विषयमा एप्पल र गुगलबीचको कुराकानी सकारात्मक दिशामा अगाडि बढिरहेको छ। यसमा आइफोन निर्मातालाई गुगलको एआई टूल जेमिनी प्रयोग गर्ने लाइसेन्स प्राप्त हुनेछ। साथै यहीँ अंग्रेजी वर्षमा लञ्च हुने आइफोनमा पनि नयाँ एआई फिचर उपलब्ध गराइनेछ। आगामी जून महिनामा हुने वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्सका क्रममा पनि यसबारेमा घोषणा गर्न सकिनेछ।
एप्पलले जेनेरेटिभ एआईको दिशामा निकै सुस्त काम गरिरहेको छ । यद्यपि गत महिना कम्पनीका सिइओ टिभ कुकले यो वर्षको अन्त्यसम्ममा जेनेरेभिट एआईको बारेमा जानकारी दिने बताएका थिए।
एप्पलले आगामी सेप्टेम्बरमा आइफोन १६ सिरिज सार्वजनिक गर्नेछ। सो आइफोनमा एआई फिचर हुने दाबी ब्लुम्बर्गको छ । तथापि यस विषयमा एप्पलले आधिकारिक रुपमा केहीपनि बताएको छैन। एजेन्सीको सहयोगमा
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4