+
+

आईपीएलमा पञ्जाव किंग्सको विजयी सुरुआत

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १० गते १९:३५

१० चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा पञ्जाव किंग्स ४ विकेटले विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १७५ रनको लक्ष्य पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउँदै भेटायो ।

लक्ष्य भेटाउने क्रममा पञ्जाबका साम करनले ६३, लियाम स्टेफेन लिभिङस्टोनले ३८, प्रभसिमरन सिंहले २६ र  कप्तान शिखर धवनले २२ रनको योगदान गरे ।

दिल्लीका कुलदीप यादव  र खलील अहमदले २/२ तथा इशान्त शर्माले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले सबै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । उसका लागि डेभिड वार्नरले २९, मिचेल मर्शले २०, शाइ होपले ३३, रिषभ पन्तले १८, अक्षर पटेलले २१ र अबिशेक पोरेलले ३२ रन बनाएका थिए ।

पञ्जाब किंसका हर्षल पटेल र अर्शदीप सिंहले दुई/दुई, राहुल चाहर, हरप्रीत ब्रार र  कागिसो रबाडा एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?