
१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा बनाउने तयारी गरिरहेको सचिवालय गठन प्रक्रिया स्थगित गरेको छ ।
बुधबार बसेको पार्टीको पदाधिकारी बैठकमा नेताहरूले विधानको कार्यान्वयनमा यसले असर पुग्ने भन्दै विरोध जनाएपछि त्यसलाई खारेज गर्ने निर्णय गरेको एक पदाधिकारीले अनलाइनखबरलाई बताए ।
उनका अनुसार माओवादीले प्रदेश तहमा केन्द्रको जस्तै सचिवालय गठनका लागि केन्द्रीय सदस्यको बीचमा छलफल चलाइरहेको थियो ।
तर यो विषय हालै अधिवेशनबाट पारित भई स्थायी समितिले अन्तिम रूप दिएको विधानमा कतै उल्लेख छैन । नेता व्यवस्थापन र कार्यकर्ता अल्झाउने बहाना बनाउने नाममा विधानको उल्लंघन हुने भन्दै विरोध भएपछि खारेजको निर्णय भएको ती पदाधिकारीले बताए ।
‘विधानको पालना हुने सन्दर्भमा गडबड हुन थाल्यो, सतर्क होऔं भनेर कुरा उठेपछि अध्यक्षले त्यस्तो होइन, सुरू भएको भए खारेज गरियो भनेर भन्नुभयो’, ती पदाधिकारीले भने ।
प्रतिक्रिया 4