१८ चैत, काठमाडौं । रफिन्हाको निर्णायक गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा लस पलमसलाई १-० ले पराजित गरेको छ । यो कठिन जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग अंकदूरी ५ मा झारेको छ ।
घरेलु मैदानमा भएको खेलमा रफिन्हाले पहिलो हाफमा गोल गरेपनि भिएआरले मान्यता दिएन । तर ६७औं मिनेटमा उनैले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए र त्यही गोल ३ अंक दिलाउन निर्णायक बन्यो ।
२४औं मिनेटमा लस पलमसका गोलकिपर अल्भारो भालेज रातो कार्डको सामना गर्दै मैदान बाहिरिएकापछि लस पलमल १० खेलाडीमा समेटिएको थियो । त्यसको पर्याप्त फाइदा बार्सिलोनाले उठाउन भने सकेन ।
जितपछि बार्सिलोनको ३० खेलबाट ६७ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियलको ७२ अंक छ ।
प्रतिक्रिया 4