
बत्ती गएपछि अन्धकार भएको प्रतिनिधि सभा बैठक कक्ष । फोटो : चन्द्रबहादुर आले/अनलाइनखबर
१८ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा पटक पटक विद्युत बन्द हुँदा समस्या भएको छ । प्रतिनिधि सभाको जारी बैठकको आधा घन्टामा तीन पटक विद्युत् गएको छ ।
बैठक सुरु भएलगत्तै विद्युत् बन्द भएर प्रतिनिधि सभाको सभाकक्ष अँध्यारो भएको थियो ।
सभामुख देवराज घिमिरेले कांग्रेसका संजयकुमार गौतमलाई बोल्न समय दिए । सांसद गौतमले बोल्न सुरु गरेलगत्तै बत्ती गएको थियो ।
पछि सांसद एकनाथ ढकाल र अमरेशकुमार सिंह बोलिरहँदा पनि बत्ती गएको थियो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4