+

के हो बाइपोलर डिसअर्डर ?

२०८० चैत  १८ गते १६:४२ २०८० चैत १८ गते १६:४२
के हो बाइपोलर डिसअर्डर ?

बाइपोलर डिसअर्डर एक मनोविकार हो । खासगरी डोपामिन हार्मोनको असन्तुलनका कारण यो समस्या हुन्छ । यसले गर्दा व्यक्तिको मुड वा व्यवहारमा छिनछिनमै परिवर्तन आउन थाल्छ ।

बाइपोलरको अवस्था हेरी चिकित्सकले यसलाई चार भागमा विभाजन गर्ने गरेका छन् ।

बाइपोलर

बाइपोलर एक सबैभन्दा गम्भीर रुप हो । जसमा केही लक्षण मानिसमा देखिन्छ ।

-म्यानिक (मुड डिसअर्डर) कम्तीमा एक हप्तासम्म चल्छ ।

-डिप्रेसन कम्तीमा दुई हप्तासम्म चल्छ ।

-कहिलेकाहीं मूड डिसअर्डरको लक्षणहरू गम्भीर हुन्छन्, जसकारण अस्पतालमै भर्ना गर्नुपर्ने हुनसक्छ ।

-मूड डिसर्अर र डिप्रेसनका लक्षणहरू सँगसँगै देखिन सक्छ ।

बाइपोलर

यस प्रकारको बाइपोलर भएका व्यक्तिले बाइपोलर १ भएकाहरू जस्तै डिप्रेसन र मूड डिसअर्डर अनुभव गरेपनि यसको तीव्रता कम गम्भीर हुन्छ । जसलाई ‘हाइपोम्यानिक एपिसोड’ भनिन्छ ।

बाइपोलर

बाइपोलर-३ लाई साइक्लोथाइमिक डिसअर्डर (साइक्लोथाइमिया) भनिन्छ । यस प्रकारको बाइपोलर डिसअर्डरले धेरै कम मानिसलाई असर गर्छ । तर यदि कुनै वयस्कलाई यसको असर पर्‍यो भने यसले उनीहरुलाई करिब दुई वर्षसम्म सताउन सक्छ । र, बालबालिका र किशोरकिशोरीमा यो एक वर्षसम्म रहन्छ । यसको लक्षण गम्भीर हुँदैन, जसकारण सजिलै पत्ता लाग्दैन ।

बाइपोलर

बाइपोलर-४ अरुभन्दा फरक किसिमको डिसअर्डर हो । यस्तो व्यक्ति जसमा असामान्य रुपमा आफ्नो मनोदशा परिवर्तन हुन्छन् । तर यसको लक्षण अन्य डिसअर्डरसँग मेल खाँदैन । जसकारण अंग्रेजीमा ‘अनस्पेसिफाइड बाइपोलर डिजिज’ भनिन्छ ।

लक्षण

बाइपोलर भएका व्यक्तिमा म्यानिक एपिसोडका बेला निम्न लक्षण देखिन सक्छन् ।

-ऊर्जामा वृद्धि

-मूडमा अचानक बढोत्तरी

-शारीरिक र मानसिक गतिविधिमा वृद्धि

-द्रुत गतिमा सोच्ने वा कोही अगाडि भए भाषण दिए जसरी बोल्ने

-गलत निर्णय लिने

-निद्रा कम हुने

-लापरवाही ड्राइभिङ

-अत्याधिक आत्म–महत्वको भावना आउनु

डिप्रेसनको चरणहरुमा देखा पर्न सक्ने लक्षणहरू

-ऊर्जा र थकानमा कमी

-चिडचिडापन वा उदासी

-चिन्ता र क्रोधको भावना

-एकाग्रतामा कमी वा कठिनाइ

-अत्याधिक निद्रा लाग्ने वा सुत्न गाह्रो हुने

-अत्याधिक भोक लाग्ने वा भोक नलाग्ने

-व्यर्थ भावनाहरूको उत्तेजना

-आत्महत्या गर्ने विचारहरू आउने

-पहिले आनन्द दिने कुनै पनि गतिविधिहरूमा चासो घट्ने ।

कारण

बाइपोलर डिसअर्डरको कारणबारे अझसम्म अध्ययन तथा अनुसन्धान गर्नेले पत्ता लगाउन सकेका छैनन् । तर यसलाई बढावा दिने वा हुन सक्ने कतिपय जोखिम वा कारक तत्व छन् ।

पारिवारिक इतिहास : परिवारका सदस्यहरू (आमाबाबु वा भाइबहिनी)मा पहिले नै यस्तो भएमा त्यस परिवारको सदस्यमा हुनसक्ने जोखिम बढी हुन्छ ।

यसबारे भएको अध्ययनले यस समस्या भएका ८० देखि ९० प्रतिशतमा वंशाणुगत कारणले हुने गरेको पाइएको हो ।

परिस्थितिजन्य कारक : घातक वा तनावपूर्ण घटना घटेको तर त्यसको सामना गर्न नसक्दा पनि यसको जोखिम हुनसक्छ ।

तनावपूर्ण घटना भन्नाले जस्तै, खराब सम्बन्ध, सम्बन्धविच्छेद, परिवारमा कसैको मृत्यु, गम्भीर रोग र आर्थिक समस्या ।

मस्तिष्क संरचना र कार्य : मस्तिष्कको आकारमा भिन्नता वा मस्तिष्कका कतिपय रसायनहरूमा आएको असन्तुलनले पनि यो समस्यालाई उक्साउन मद्दत गर्छ ।

पहिचान

बाइपोलर डिसअर्डरका लक्षणहरू बुझ्न चिकित्सकले पहिले बिरामीसँग कुरा गर्छन् । यसबाहेक बिरामीको शरीरमा अन्य रोगहरू (जस्तै, थाइराइड ग्रन्थीको अवस्था) पत्ता लगाउन आवश्यक शारीरिक परीक्षण, रगत परीक्षण एवं आवश्यकताअनुसार स्क्यान पनि गराइन्छ । जसबाट लक्षणहरू पत्ता लगाउन सकिन्छ ।

चिकित्सा इतिहास, पारिवारिक इतिहास र अन्य चलिरहेको औषधिहरूको सूची पनि मूल्यांकन गर्न आवश्यक हुनसक्छ । केही चिकित्सकले लक्षणहरू राम्ररी बुझ्न बिरामीको परिवारका सदस्यहरू वा साथीहरूसँग पनि कुरा गर्न सक्छन् ।

यदि चिकित्सकलाई यो रोगको शंका छ भने व्यक्तिलाई मानसिक स्वास्थ्य सेवाविज्ञ मेन्टल हेल्थकेयरको मद्दत लिन सल्लाह दिन सक्छन् । त्यस्ता व्यावसायिक तालिम प्राप्त तथा अनुभवी चिकित्सकले सामान्यतया रोगको प्रकार पहिचान गर्न लक्षणहरूको ढाँचा र तीव्रतालाई नजिकबाट हेर्छन् ।

उपचार

यद्यपि यस रोगका लागि अहिलेसम्म कुनै सम्भावित उपचार छैन । केही उपचारको मद्दतले यसका लक्षणहरू कम हुन सक्छन् ।

औषधि

चिकित्सकले लक्षणहरू नियन्त्रण गर्न निम्न औषधिहरू सिफारिस गर्न सक्छन् ।

-एन्टिसाइकोटिक्स (लक्षण नियन्त्रण गर्न)

-मूड स्टेबिलाइजर (लक्षण शान्त राख्न)

-एन्टिडिप्रेसेन्ट (यसको साइड इफेक्टको कारणले यो विरलै प्रयोग गरिन्छ)

-एन्टिएन्जाइटी औषधि (म्यानिक एपिसोडहरूको जोखिम कम गर्छ)

तर यी औषधिका केही साइड इफेक्ट पनि हुन्छन् । अवसादको जोखिम, तौल बढ्ने जस्ता समस्या यी औषधिहरूले लामो समयसम्म देखाउन सक्छन् ।

मनोचिकित्सा : यो एक थेरापी हो, जसमा रोग भएका व्यक्तिहरुमा आउने विचार, व्यवहार र भावनाहरूलाई उचित मार्गदर्शन र शिक्षा मार्फत् पहिचान गरी परिवर्तन गरिन्छ ।

यसमा केही कुरा समावेश छन् ।

मनोशिक्षा : यो एक थेरापी हो जसले यो रोग बारेमा थप जानकारी प्रदान गर्छ ।

संवेगात्मक व्यवहार थेरापी : एक व्यक्तिको सोच्ने तरिका र व्यवहार परिवर्तन गरिन्छ ।

परिवार केन्द्रित थेरापी : यस थेरापीमा प्रभावित व्यक्तिलाई निको पार्न सम्पूर्ण परिवार मिलेर भावनात्मक र अन्य आवश्यक हेरचाह हुन्छ ।

इलेक्ट्रो कन्भल्सिभ थेरापी : यस थेरापीमा मानिसलाई पहिले सामान्य एनेस्थेसिया दिइन्छ । त्यसपछि मस्तिष्कको विभिन्न भागमा विद्युतीय प्रवाह दिइन्छ । यस उपचारबाट डिप्रेसन र मूड डिसअर्डरको उपचार गर्न सकिन्छ । अन्य उपचारहरू असफल हुँदा यो दिइन्छ । र, आत्महत्या गर्ने भावना आउने मानिसहरूका लागि पनि प्रभावकारी हुन्छ ।

अस्पताल भर्ना : जब एक डिप्रेसन लामो समयसम्म रहन्छ र उसमा आत्महत्याको विचार आउन थाल्छ । यस्तोमा अस्पताल राख्न पर्छ । समस्याको गाम्भीर्यता हेरेर उपचार गरिएन भने यसले अझ गम्भीर रूप लिन सक्छ ।

रोकथाम

बाइपोलर डिसअर्डर रोकथामका लागि कुनै निर्धारित उपाय छैनन् । यद्यपि, प्रारम्भिक लक्षणहरू पहिचान गर्न र यसलाई रोक्न निम्न उपायमार्फत मद्दत गर्न सक्छ ।

परिवारको कुनै सदस्यमा उल्लेखित लक्षण छन् भने उसलाई यसको प्रारम्भिक लक्षणहरू बारे सचेत गराउन सकिन्छ । यसका लागि पर्याप्त सुत्न वा आराम गर्नुपर्छ । तनावसँग कसरी व्यवहार गर्ने भनेर सिक्ने वा सिकाउनुपर्छ । अत्याधिक मात्रामा लागूपदार्थ र क्याफिन लगायतको सेवन गर्नुहुँदैन ।

जीवनशैली व्यवस्थापन

व्यायाम : एरोबिक व्यायामले राम्रो निद्रा पार्न मद्दत गर्छ । र, डिप्रेसनमा पनि फाइदाजनक हुन्छ । त्यसैले हरेक दिन केही समय व्यायाम गर्नु उपयुक्त हुन्छ ।

स्वस्थ आहार : तौल बढ्नबाट जोगिन व्यायामसँगै स्वस्थ खानपिन आवश्यक छ ।

डायरी बनाउने

आफ्नो निद्राको बानी र मूड लगायतलाई टिप्नका लागि डायरी बनाउन सकिन्छ । त्यसमा यी सबै कुरा रेकर्ड गर्नुपर्छ । र, उपचारमा संलग्न चिकित्सक एवं मनोरोगविज्ञसँग आफूले राखिराखेको डायरीमाथि छलफल गर्नुपर्छ ।

मद्यपान र लागूपदार्थबाट टाढा रहनुहोस् : अत्याधिक मदिरा र लागूपदार्थको सेवनले शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यलाई असर गर्छ ।

जटिलता

यस्तो समस्या समयमा पहिचान तथा उपचार भएन भने अत्याधिक तौल बढ्ने, मधुमेह, हृदय रोगको जोखिम हुने, चिन्ता बढ्ने र आत्मघाती विचार आउने जस्ता जटिला थपिंदै जान्छन् ।

वैकल्पिक उपचार

ट्रान्सक्रयानियल चुम्बकीय स्टिमुलेसन (तालुमाथिबाट चुम्बकीय उत्तेजना) : यस प्रक्रियाको क्रममा चुम्बकीय तरंगहरू मस्तिष्कको विभिन्न भागहरूमा दिइन्छ ।

भ्यागस नर्भ स्टिमुलेशन (भ्यागस स्नायुको उत्तेजना) : यसमा पेसमेकर जस्तो यन्त्र प्रत्यारोपण गरिन्छ । यी उपकरणले मस्तिष्कमा विद्युतीय संकेतहरू पठाउँछन् ।

द हेल्थबाट

बाइपोलर डिसअर्डर मानसिक स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची