+
+

१५ हजार घुससहित कपिलवस्तुमा वडाध्यक्ष पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १८:१४

१८ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ का वडाध्यक्ष उजेर अलीलाई घुससहित पक्राउ गरेको छ ।

घरबाटो सिफारिस दिने प्रयोजनका लागि उनले एक सेवाग्राहीसँग १५ हजार लिएको अवस्थामा उनलाई अख्तियारको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार कार्यकक्षबाटै पक्राउ परेका अलीलाई अख्तियारको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?