
१९ चैत, काठमाडौं । सोमबार उच्च रकमको धितोपत्र कारोबार गरेका १० ब्रोकर कम्पनीहरुमध्ये ७ को बिक्री धेरै देखिएको छ । यस दिन १० ब्रोकर कम्पनीहरुले मात्रै २ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् ।
यो कारोबारमध्ये यी १० कम्पनीहरुले १ अर्ब ११ करोडभन्दा बढीको धितोपत्र बिक्री गरेका छन् भने १ अर्ब ४ करोड रुपैयाँ बराबरको खरिद गरेका छन् । ७ ब्रोकर कम्पनीमार्फत बिक्री धेरै देखिएको छ भने ३ ब्रोकर कम्पनीमार्फत खरिद धेरै देखिएको छ ।
बिक्री धेरै देखिएका ब्रोकर कम्पनीहरुमा नासा, इम्पेरियल, भिजन, एबीसी, लिन्च, आर्यतारा र दिपशिखा छन् । त्यस्तै खरिद धेरै देखिएका ब्रोकर कम्पनीमा सनी, क्यापिटल र अनलाइन छन् । यसको अर्थ ठूला ब्रोकर कम्पनीको कारोबार प्रणााली प्रयोग गर्नेहरूमध्ये सोमबार बिक्री गर्नेहरू खरिदको तुलनामा धेरै देखिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4