+
+

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि २० जनाको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १४:२२

२० चैत, काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदको लागि २० जनाको आवेदन स्वीकृत भएको छ ।

उपकुलपति नियुत्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको लागि १० जना र मध्यपश्चिम विश्वविद्यालयको लागि १० जनाको आवेदन स्वीकृत भएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदको लागि प्रा.डा. अक्कल देव मिश्र, प्रा.डा.तारादत्त भट्ट, प्रा.डा.धु्रव कुमार गौतम, प्रा.डा.पदमराज जोशी, प्रा.डा.पूर्णबहादुर चन्द, प्रा.डा.भवानीदत्त जोशी, प्रा.यज्ञराज भट्ट, प्रा.राजेशकुमार ठगुराठी, प्रा.डा.हेमराज पन्तको आवेदन परेको छ ।

त्यस्तैगरी मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदको लागि प्रा.डा.कबिप्रसाद पोख्रेल, प्रा.डा.केशरसिंह राना, प्रा.डा.देवबहादुर खड्का, प्रा.डा.धु्रवकुमार गौत, प्रा.डा.नन्दबहादुर सिंह, प्रा.डा.बिनयकुमार मिश्र, प्रा.डा.भोलानाथ शर्मा घिमिरे, प्रा.डा.मुकुन्द प्रकाश क्षेत्री, प्रा.डा.यमबहादुर कार्की र प्रा.डा.शोभाखर कँडेलले आवेदन दिएका छन् ।

समितिले दुवै विश्वविद्यालयका आवेदकहरुलाई २७ चैतमा विश्वविद्यालय सम्बन्धी सोचपत्र र विश्वविद्यालयको चार वर्षे व्यावसायिक कार्ययोजना कार्यालय समयभित्र अनुदान आयोगमा पेश गर्न अनुरोध गरेको छ ।

यसअघि यी दुवै विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बनाएको मापदण्ड कडा भएको भन्दै विरोध भएपछि समितिले ६ फागुनमा दरखास्तसम्बन्धी प्रक्रिया स्थगन गरेको थियो ।

१२ चैतमा बसेको समितिले उक्त विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियालाई निरन्तरता दिने र १६ चैतको कार्यालय समय भित्र दरखास्त दिन पाउने गरी समय अवधि कायम गर्ने निर्णय गरेको थियो । साथै यस अघि मिति २५ माघमा प्रकाशित सूचनाको आधारमा समितिमा दर्ता भएका दरखास्तहरूलाई कायम गरी छनोट प्रकृया अगाडी बढाएको हो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १७ फागुनबाट र सुदूरपश्चिम विश्वविद्यालयको १८ फागुनबाट सकिएर निमित्त उपकुलपति तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?