+

सी डिभिजन लिग : आरसी ३२ को विजयी सुरुवात

२०८० चैत  २२ गते १७:३९ २०८० चैत २२ गते १७:३९

२२ चैत, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगमा सुर्खेतको आरसी ३२ फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको उद्घाटन खेलमा आरसी ३२ ले खालीबारी युथ क्लबलाई १-० ले हराएको हो ।

आरसी ३२ का लागि बबिन बोहराले निर्णायक गोल गरे । आरसी ३२ का लागि २२ मिनेटमा बबिन बोहराले गोल गर्दै आरसी ३२ लाई अग्रता दिलनएका थिए ।
दोस्रो हाफमा आरसी ३२ ले अग्रता दोब्बर पार्ने अवसर गुमायो ।

६५ मिनेटमा खालीबारीको गोलकिपर मनोज तामाङले आरी ३२ बिल्सन गिरीलाई पेनाल्टी बक्समा फल गरेपछि आरसी ३२ ले पेनाल्टी पाएको थियो ।तर आरसी ३२ का विवेक सन्तोसीको प्रहार खालीबारीका किपर मनोज तामाङले उत्कृष्ट बचाउ गरे ।

८१ मिनेटमा खालीबारीले बराबरी गर्ने अवसर गुमायो ।आरसीका डिफेण्डरले खालीबारीका आशिष लावतीलाई लडाएिछि खालीबारीले पेनाल्टी पाएको थियो ।
तर खालीबारीका रोनाल राईले पेनाल्टी पोष्ट बाहिर हानेपछि बराबरी गर्ने अवसर गुमायो ।

ईन्जुरी टाईमको दोस्रो मिनेटमा आरसी ३२ का धनसिंह विकले वान भर्सेस वानको अवस्थामा पाएको अवसरमा गोल गर्न सकेनन् । उनको प्रहा खालीबारीका किपर मनोज तामाङले बचाए ।

आरसी ३२ सी डिभिजन लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय