+
+

दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १४:१०

२३ चैत, काठमाडौं । दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्लाको कालिन्चोक गाउँपालिका २ पुटिस्याङबाट सिंगटी तर्फ आउँदै गरेको लु ३ त १७१४ नं.को ट्याक्टर आज बिहान १० बजेतिर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा दोलखाको कालिन्चोक २ बाबरे बस्ने अन्दाजी ३६ वर्षीया सन्चीमाया थामी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । ट्याकटरले थिचेर उनको घटनास्थलमा नै मृत्यु भएको सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा मृतक सन्चीमाया थामीकी छोरी १७ वर्षीया अस्मिता थामी, ३० वर्षीया बाल कुमारी थामी, ३० वर्षकै निशा धामी र ३ वर्षीया बालिका टुकी थामी घाइते भएका छन् । बालकुमारीको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक दोलखाको गौरीशंकर गाउँपालिका ५ बस्ने अन्दाजी २२ वर्षीय अबराम थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?