+

रुघा लाग्दा किन आफूखुसी साइनेक्स जस्ता औषधि खान हुँदैन ?

२०८० चैत  २३ गते १६:१९ २०८० चैत २३ गते १६:१९
Shares
रुघा लाग्दा किन आफूखुसी साइनेक्स जस्ता औषधि खान हुँदैन ?

मौसम परिवर्तनसँगै रुघाखोकी र ज्वरोको प्रकोप बढ्छ । यस्तो अवस्थामा आफूखुसी रुघाखोकीको औषधि किनेर खाइहाल्ने प्रवृत्ति व्यापक छ ।

रुघाखोकीको औषधिको प्रयोग पिनास, नाकबाट पातलो सिंगान बग्ने, नाक चिलाउने, हाच्छ्यूँ आउने आदि समस्यामा बढी गरिन्छ । तर यस्ता औषधि आफूखुसी प्रयोग गर्नुहुँदैन ।

रुघा लागेको बेला श्वासप्रश्वास प्रणालीको प्रवेशबिन्दु नाकभित्रको सतही कोष सुजन हुने अवस्थालाई ‘राइनाइटिस’ भनिन्छ । नाकमा एलर्जी र संक्रमण भएपछि नाकको सतही कोषहरु सुन्निन्छ र रुघाका रुपमा पातलो सिंगान बग्न थाल्छ । राइनाइटिस पनि विभिन्न प्रकारको हुन्छ । एलर्जिक राइनाइटिस, एक्युट राइनाइटिस (एक्कासी हुने), क्रोनिक राइनाइटिस (जीर्ण खालको), फंगल राइनाइटिस लगायत विभिन्न प्रकारको राइनाइटिस हुन्छ ।

बिरामीहरूले माथि उल्लेखित लक्षणको आधारमा रुघा लाग्यो भन्छन्, तर यी विभिन्न प्रकारको राइनाइटिसको औषधि उपचार एकै प्रकारको हुँदैन ।

एलर्जीको कारण रुघा लागेको छ भने रुघाखोकीको औषधि खाएर मात्र त समस्या समाधान हुँदैन । एलर्जी के कारणले भएको हो त्यसबाट बच्नुपर्छ । एलर्जी हुनाको कारण पत्ता नलगाएर रुघाखोकीको औषधिको सेवन मात्र गरियो भने समस्या झन् बढ्न सक्छ ।

त्यसैले नाक बन्द भएमा वा रुघा लागेमा के कारणले भएको हो त्यो बुझ्न जरुरी हुन्छ । सोहीअनुसार औषधि उपचार गर्नुपर्छ । रुघा लाग्ने बित्तिकै रुघाखोकीको औषधि खाइहाल्नुहुँदैन ।

आफूखुसी रुघाखोकीको औषधि खाँदा के हुन्छ ?

रुघाखोकीको औषधि खानै नहुने औषधि भने होइन । बिरामीको अवस्था हेरेर चिकित्सकहरूले पनि यो औषधि सिफारिस गर्छन् । त्यसैले बिरामीलाई कुन अवस्थामा यो औषधि खाने भन्ने कुरा थाहा हुनु जरुरी हुन्छ । यो कुरा थाहा नभई आफूखुसी औषधि खाइयो भने विभिन्न साइड-इफेक्ट पनि देखिन थाल्छ ।

हुन त हरेक औषधिको केही न केही साइड-इफेक्ट हुन्छ । तर जब औषधिहरू आफूखुसी मात्रा नमिलाई खाइन्छ, त्यसले थप साइड-इफेक्ट निम्तिन सक्छ ।

रुघाखोकीको औषधिले नाकको सतही कोषहरु सुन्निएको समस्यालाई कम गर्छ । रुघा मात्र हो भने त यसको सेवनले समस्या काम गर्ला । तर रुघासँगै टाउको दुख्ने, श्वासप्रश्वास समस्या छ भने यसले समस्या समाधान हुँदैन । लामो समय चिकित्सकको सल्लाहबिना रुघाखोकीको औषधि मात्रै खाइरह्यो भने नाकभित्र मासु पलाउन सक्छ ।

रुघा लागेको बेला नाकको सतही कोषहरु सुन्निंदा रक्तसञ्चार बढेको हुन्छ । आफूखुसी रुघाखोकीको औषधि खाँदा सुन्निएको नाकमा रक्तसञ्चार कम भएर नाकबाट रगत बग्ने समस्या पनि हुन्छ ।

रुघाखोकीको औषधिमा रुघाविरुद्धको औषधिसँगै  सिटामोल पनि मिसिएको हुन्छ । त्यसैले लामो समय चिकित्सकको सल्लाहबिना रुघाखोकीको औषधि सेवन गरियो भने कलेजो र मिर्गौलामा असर गर्न सक्छ ।

रुघाखोकीको औषधिको आफूखुसी सेवनले रक्तकोषिकाहरु कम हुने समस्या समेत देखापर्ने सम्भावना हुन्छ । यसको जथाभावी सेवनले प्लाज्मा, रातो रक्तकोषहरु, सेतो रक्तकोषहरू र प्लेटलेट आदि कम हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

रुघाखोकी लागेको पाँचदेखि सात दिनसम्म पनि आफैं निको नभएमा, खोकी निरन्तर लागेमा, ज्वरो बढ्दै गएमा, खकार र सिंगान पहेंलो भएमा, सास फेर्न गाह्रो भएमा चिकित्सकलाई जाँच गराएर मात्र औषधि सेवन गर्नुपर्छ ।

पछिल्लो समय सिजनल फ्लु र कोभिड पनि फैलिरहेको छ । त्यसैले लामो समयसम्म रुघाखोकी ज्वरो लगायतका समस्या देखा परेको छ भने कोभिड पनि हुनसक्छ । त्यसैले सबैभन्दा पहिले त यो सिजनल फ्लु हो या कोभिड भन्ने कुरा छुट्याउनुपर्छ ।

डा. अरुण अधिकारी रुघाखोकी
डा. अरुण अधिकारी
लेखक
डा. अरुण अधिकारी
नाक, कान तथा घाँटीरोगका शल्यचिकित्सक

डा. अधिकारी नाक, कान तथा घाँटीरोगका शल्यचिकित्सक हुन् । उनी हाल हस्पिटल फर चिल्ड्रेन आई ईएनटी एण्ड रिह्याबलिएसन सर्भिस (चियर्स)मा कार्यरत छन् । उनले एमबीबीएस र एमएस गरेका छन् । उनको मेडिकल काउन्सिल दर्ता नम्बर १३१७० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’