+
+

विराट गोल्डकप : तेस्रो उपाधि जित्ने मछिन्द्रको दाउ, घरेलु टोली पनि आशावादी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १८:५१

२३ चैत, विराटनगर । विराट गोल्डकपको आठौं संस्करणको उपाधिका लागि शनिबार मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रिला मोरङ एफए भिड्दैछन् ।

जारी सिजनमा मछिन्द्र तेस्रो उपाधि दौडमा छ । घरेलु टोली मछिन्द्रलाई रोकेर उपाधि रक्षा गर्न चाहन्छ ।

शुक्रबार विराटनगरमा आयोजित प्रि–फाइनल प्रेस मिटमा घरेलु टोलीका प्रशिक्षक रानु रानामगरले शहीद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रलाई पराजित गर्ने योजना रहेको बताए । उपाधि भिडन्तका लागि टोली तयार रहेको प्रशिक्षक मगरले जानकारी दिए ।

क्याप्टेन अभिषेक लिम्बुले भने उपाधि घरमै राख्न चाहेको बताए । ‘मच्छिन्द्र टोली देखिरहेका छौं । उसलाई भोलिको खेल सहज हुनेछैन,’ उनले भने, ‘हामी विशेष रणनीतिका साथ मैदानमा उत्रिने छौं ।’

उनले उपाधि जितेर तत्कालीन महेन्द्र गोल्डकपको दोस्रो संस्करणको पुनरावृत्ति गर्ने बताए । विसं २०१९ सालमा महेन्द्र गोल्डकपको दोस्रो संस्करणमा मोरङ ११ ले उपाधि हात पारेको थियो । जारी गोल्डकपमा मोरङको टोलीले क्वाटरफाइनलमा भुटानको आरटीसी एफसी र सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफसीलाई पराजित गरेको थियो ।

मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक सन्तोष न्यौपानेले शनिबारसम्म क्लबको एक मात्र लक्ष्य विराट गोल्डकप रहेको बताए । मच्छिन्द्रका क्याप्टेन विशाल श्रेष्ठले विराटनगरमा पहिलोपटक उपाधि नजिक पुगेको हुँदा उपाधि हात पारेर फर्कने योजना रहेको बताए । जारी गोल्डकपका क्वाटरफाइनलमा भारतको कोलकातास्थित साउर्थन समिति र सेमिफाइनलमा भारतकै सिक्किम ड्रायगन्सलाई पराजित गर्दै मछिन्द्र फाइनल पुगेको थियो ।

मच्छिन्द्रले जारी सिजनमा तेस्रो गोल्डकपको उपाधि चुम्ने लक्ष्यमा छ । जारी सिजनमा सात वटा गोल्डकपमा सहभागिता जनाएको मछिन्द्रले मकवानपुरमा सम्पन्न छैटौं बागमती अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता र केपी ओली कपको उपाधि जितेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?