+
+

मधेशमाथिको अन्याय अझै कायम छ : महन्थ ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २४ गते १८:३६

२४ चैत, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मुलुकमा मधेशमाथिको अन्याय अझै कायम रहेको बताएका छन् ।

महोत्तरीको मटिहानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले सरकारले मधेशमाथि विभेद कायम राखेको र अदालतले पनि न्याय नगरेको गुनासो गरे ।

धेरै जनसंख्या रहेको मधेश प्रदेशमा कम बजेट दिनु र निर्वाचन क्षेत्र कम बनाउनु मधेशमाथिको विभेदको उदाहरण भएको उनको भनाइ छ ।

‘आधा भन्दा बढी जनसंख्या भएपनि १ सय ६५ मध्ये सुरुमा ६५ सिट मात्रै दिइएको थियो तर हामीहरुकै आन्दोलनका कारण अहिले त्यो संख्या ७९ पुगेको छ, जबकी हाम्रो माग ८२ सिट रहेको छ’, ठाकुरले भने ।

देशको लगभग ५१ प्रतिशत जनसंख्या मधेशमा रहेको भन्दै अध्यक्ष ठाकुरले मधेशवासीको प्रतिनिधित्व मधेश प्रदेशले मात्रै गर्न नसक्ने धारणा राखे ।

लोसपा अध्यक्ष ठाकुरले नेपालको इतिहास नै हत्या हिंसाले भरिएको भन्दै मधेशमा शान्तिपूर्ण संघर्ष गर्दा गोली र लठ्ठी खानु परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?