+
+

सी डिभिजन लिगमा पुल्चोकको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते २३:०२

३० चैत, काठमाडौं । सलिल ढकालले खेलको इन्जुरी टाइममा गोल गरेपछि पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सी डिभजन लिगमा शुक्रबार स्वयम्भू क्लबलाई २-१ ले पराजित गरेको छ ।

जारी लिगमा पुल्चोकको यो लगातार दोस्रो जित हो र दुई खेलबाट ६ अंक जोडेर पुल्चोक अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ । दुई खेल नै जितेर समान ६ अंक रहेको आरसी ३२ फुटबल एकेडेमी दोस्रो स्थानमा छ । पराजित स्वयम्भूको भने १ अंक मात्र छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुल्चोकले स्यारब लो तामाङले तेस्रो मिनेटमै गोल गर्दै पुल्चोकलाई अग्रता दिलाएका थिए ।

स्वयम्भूका लागि २० औं मिनेटमा सुग्रित मगरले बराबरी गोल गरेका थिए । बराबरीतर्फ अघि बढिरहेको खेलमा सलिलले इन्जुरी टाइममा गोल गरी पुल्चोकलाई ३ अंक दिलाए ।

शुक्रबारै भएको पहिलो खेलमा सोसियल वेलफेयर र रानीबारी स्पोर्ट्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

पहिलो खेलमा फराकिलो जित निकालेको सोसियल वेलयर यो बराबरीपछि ४ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ ।

लगातार दोस्रो बराबरी खेलेको रानीबारीको २ अंक भएको छ ।

लिग अन्तर्गत आइतबार दोस्रो चरणको अन्तिम दुई खेल हुनेछ । जसमा स्पोर्ट्स एकेडेमी सांगा र  मनोहरा युनाइटेड युथ क्लब तथा गोलबजार स्पोर्ट्स क्लब र झम्सिखेल स्पोर्ट्स क्लबबीच खेल हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?