+
+

एउटा ब्याक्टेरियाका कारण मानिसलाई प्राप्त भएको थियो देख्ने शक्ति, यस्तो छ वैज्ञानिकको खुलासा

एजेन्सी एजेन्सी
२०८१ वैशाख ३ गते १३:५५

पञ्च ज्ञानेन्द्रियमध्ये आँखाको काम देख्नु हो । आँखाको संरचना यतिधेरै जटिल छ कि यो अंगलाई चार्ल्स डार्विनले पनि सही तरिकाले परिभाषित गर्न सकेका थिएनन् ।

आखिर निकै महत्वपूर्ण अंग मानिने आँखाको विकास कसरी भयो ? यसमा दृष्टि कसरी आयो ? वैज्ञानिकहरुले एउटा महत्वपूर्ण खुलासा गरेका छन् । उनीहरुका अनुसार मानिसलगायत सबै ढाड भएका जीवहरुमा एउटा ब्याक्टेरियाका कारण दृष्टि क्षमता प्राप्त भएको हो ।

वैज्ञानिकहरुका अनुसार सोही ब्याक्टेरियाका कारण हाम्रो शरीरमा त्यो जिन आयो जसले आँखाको रेटिनालाई प्रकाशप्रति सक्रिय बनायो ।

यससम्बन्धी शोध हालै प्रोसिडिंग्स अफ द नेशनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित भएको छ । अष्ट्रेलियाको सिडनी विश्वविद्यालयका आँखा जीव वैज्ञानिक लिंग झूसहितको टिमले यो अध्ययन गरेको हो ।

उनका अनुसार ढाड भएका जीवहरुको आँखाको विकास निकै नै जटिल तरिकाबाट भएको हो । यसमा विभिन्न प्रकारका जिन अर्थात् वंशाणुहरुको मिश्रण छ ।

वास्तवमा ब्याक्टेरियाले निकै छिटो-छिटो वंशाणुहरु परिवर्तन गर्दछन् । उनीहरुले नयाँ जिनलाई आफूतर्फ आकर्षित गर्दछन् । ब्याक्टेरियाले भाइरसबाट समेत जिनहरु आफूतर्फ तान्दछन् । डिएनएका ती साना टुक्रालाई ट्रान्सपोसोन भनिन्छ ।

ट्रान्सपोसोनलाई हामीले हावामै तैरिरहेको डिएनए पनि भन्न सकिन्छ । जब २००१ मा मानिसको जिनोम सिक्वेन्सिंग पहिलोपटक गरिएको थियो त्यसबेला पत्ता लागेको थियो कि मानिसको शरीरमा २ सय वटा जिनहरु ब्याक्टेरियाबाट आएका हुन् । ती ब्याक्टेरियाहरु फरक-फरक ठाउँमा उत्पन्न भएका थिए ।

सानडिएगोस्थित क्यालिफोर्निया विश्वविद्यालयका जैविक रसायनशास्त्री म्याथ्यू डहर्टी र उनको टिमले अरु विभिन्न प्रजातिका जिवहरुको जिनोम सिक्वेन्सिंगको अध्ययन गर्‍यो ।

डहर्टीका अनुसार पहिले जिनहरु ढाड भएका जीवहरुमा आए र त्यसपछि विकसित हुँदै गए । अनि फरक-फरक प्रजातिहरुमा स्थानान्तरण हुँदै गए । ती जीनलाई आईआरबीपी अर्थात् इन्टरफोटोरिसेप्टर रेटिनोएड बाइंडिंग प्रोटिन भनिन्छ । उक्त जिनले हामीलाई देख्ने शक्ति प्रदान गर्दछ । यसको कारणले हाम्रो आँखाले बाहिरको प्रकाशसँग सामान्जस्यता कायम गर्दछ ।

ती जिनलाई भिटामिन ए बाट थप तागत प्राप्त हुन्छ । जिनले विद्युतीय झट्का अर्थात् पल्स पैदा गर्दछन् । जसका कारणबाट अप्टिक नर्भ अर्थात् दृष्टि स्नायुले काम गर्दछ । मनिसमा सो जिन आउनका लागि ५० करोड वर्ष लागेको थियो ।

केवल मानिस मात्र होइन पृथ्वीमा आँखामा देख्ने क्षमता भएका सबै खाले जिवहरुमा कुनै न कुनै रुपमा यही जिन रहेको हुन्छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?