+
+

लेखा व्यवसायीको राष्ट्रिय सम्मेलन बिहीबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १६:४३

४ वैशाख, काठमाडौं । लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

चार्टर्ड एकाउन्टेन्टहरूको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले सम्मेलन आयोजना गर्दैछ ।

सम्मेलन दुई दिनसम्म चल्ने छ । संस्थाका अनुसार तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।

राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा चल्ने सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बिहीबार गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष सुजनकुमार काफ्लेले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा नेपालको लेखा प्रणालीमा भएको विकास, अन्तर्राष्ट्रिय अभ्यास र आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयमा छलफल गरिदैछ ।

सम्मेलनमा १ हजारभन्दा बढी लेखा व्यवसायी सहभागी हुने आईक्यानले जनाएको छ ।

यस पटकको सम्मेलनमा लेखा व्यवसायीहरूको अन्तर्राष्ट्रिय नियामक निकाय इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्स (आईएफएसी) का अध्यक्ष अस्मा रेसमौकी सहभागी हुने कार्यक्रम छ ।

नेपालले लेखा व्यवसायमा अन्तर्राष्ट्रिय अभ्यासन भित्राइरहेका कारण आफ्ना कुरा सरोकारवालालाई सुनाउन र सरोकारवालाका कुरा सुन्ने उद्देश्यले यस्तो सम्मेलन आयोजना गर्न लागेको आईक्यानका पूर्वअध्यक्ष तथा काउन्सिल मेम्बर युद्धराज ओलीले जानकारी दिए ।

आईक्यानको आयोजनामा सन् २०२२ मा पहिलो सम्मेलन भएको थियो । जसमा १ हजार ३ सय जनाले भाग लिएका थिए ।

सन् २०२३ मा दोस्रो राष्ट्रिय सम्मेलन भएको थियो । जसमा १ हजार २ सय जनाले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?