 
																			६ वैशाख, काठमाडौं । पेस्तोलसहित नयाँबस्तीबाट एक जनालाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–५ घर भएका ३८ वर्षीय मिमसिंह लामा छन् ।
पहेंलो पुल नजिक बा १८ च ८३६१ नम्बरको जीपमा हतियारसहित हिंड्दै गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
नाम उल्लेख नभएको सेमिअटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोली बरामद भएको छ । उनीमाथि हातहतियार तथा खरखजानाको कसूरमा अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4