७ वैशाख, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले विभिन्न राजनीतिक दलका नेताको नाममा चलेका प्रतियोगितालाई राष्ट्रिय बजेट नछुट्याउने मन्त्रालयले निर्णय गरेको छ ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसहित बिहीबार बसेकाे नियमित बैठकले राजनीतिक दलका नेताको नाममा हुने खेलकुद प्रतियोगिताको बजेट काट्ने निर्णय गरेको हो ।
मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव प्रदीप ज्ञवालीका अनुसार राजनीतिक दलका नेताका नाममा हुने खेलकुद प्रतियोगिताको बजेट कटौती गर्न राखेप बोर्ड सदस्य सचिव घिसिङ पनि सहमत भएपछि बजेट नछुट्याउने निर्णय भएको हो ।
खेलकुद मन्त्री श्रेष्ठले यसअघि नै पनि ‘कनिका छरे जसरी पूर्वाधार र खेलकुद कार्यक्रममा बजेट नदिने’ बताउँदै आएका थिए । उनले खेलकुदमा बजेट कम आउने भएकाले बजेट निकै सीमित गर्दै बजेट विनियोजन गर्ने बताउँदै आएका थिए ।
‘खेलकुदमा बजेटको कमी हुने भएकाले यस पटकको बजेट लागेका पूर्वाधार तथा अन्तिम चरणमा रहेका पूर्वाधार तथा राष्ट्रिय खेलकुद परिषद मतहत भएका राष्ट्रिय खेलकुदमा लगानी हुने गरी सहमति भएको छ’, मन्त्रीका प्रमुख स्वकीय सचिव ज्ञवालीले अनलाइनखबरसँग भने ।
हाल मन्त्रालयमा १ हजार भन्दा बढी पूर्वाधारको लिष्ट आएको मन्त्रालय सचिवालयले जानकारी दियो ।
 
                    










 २०८१ वैशाख  ७ गते १३:५९
                        २०८१ वैशाख  ७ गते १३:५९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4