+
+

नेसपाले बझाङको उपनिर्वाचनमा भोट नहाल्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १७:२१

७ वैशाख, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले बझाङमा हुने प्रदेश सभाको निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले १५ वैशाखमा हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभा क्षेत्र नं १ को हकमा ‘राइट टू नो भोट’को नीति अपनाउने निर्णय गरेको हो ।

नेसपाले यसअघि इलाम–२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा भने पहिचान पक्षधरलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

बैठकले मुद्दा मिल्ने शक्तिहरूसँग राजनीतिक संवाद र सहकार्य गर्नको लागि पार्टी प्रवक्ता कृष्ण शर्मा, सोनामसिं स्याङतान र मानुषी यमी भट्टराई रहेको राजनीतिक संवाद समिति गठन गरेको छ ।

५ र ६ वैशाखमा चलेको सचिवालय बैठकले आगामी भदौसम्म पार्टी महाधिवेशन तयारीका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?