+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

११ सहकारीबाट ३० लाख चोरीको आरोपमा ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १९:२२

९ वैशाख, काठमाडौं । झापामा सहकारी चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ फाखेल घर भएका २१ वर्षीय सुनिल भनिने सन्तबहादुर स्याङ्तान, सोही ठाउँका २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, ३० वर्षीय सोमलाल स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी गाउँपालिका–७ का २८ वर्षीय अजय राना मगर छन् ।

उनीहरूले ३० लाख १६ हजार ६८७ रुपैयाँ बराबरको चोरी गरेको झापा प्रहरीका प्रवक्ता तथा डीएसपी कृष्ण चन्दले बताए । अहिलेसम्म झापाका मात्रै ११ वटा सहकारीमा यो समूहले चोरी गरेको खुलेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको समन्वयमा उनीहरूलाई सुनसरीको इटहरीबाट पक्राउ गरी झापा ल्याइएको डीएसपी चन्दले बताए । पक्राउ परेकाहरूविरुद्ध चोरीको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

चोरी गर्नका लाथि ताला फोड्न प्रयोग भएको मार्तोल, पेन्चिस, पिलास लगायतका सामान पनि प्रहरीले बरामद गरेको छ । चोरी गर्ने बेला लगाइएका कपडासमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?