
११ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् ।
चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषद्को अध्यक्षमा चयन भएका हुन् । परिषद्ले चेम्बरको संस्थागत विकास एवम् व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ ।
परिषद्मा महेशकुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार, सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका अग्रज छन् ।
परिषद्ले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्वन्ध विस्तार, उद्यमी एवम् व्यावसायिक हकहित एवम् निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पूर्वअध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा तीन दशकदेखि सक्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4