
२३ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सभामुखको भूमिकामाथि निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रश्न उठाएपछि आपत्ति जनाएका छन् । सभामुखलाई कुन आधारमा प्रश्न उठाइयो भन्दै अधिकारीले प्रश्न गरेका थिए ।
संसदमा विश्वासको मतको प्रस्तावमा दलका नेताहरुले राखेको सवालको जवाफ दिँदै सभामुखले के गर्छन् भन्ने आफूलाई थाहा नभएको उनको भनाइ थियो । तर, संविधानले के भन्छ भन्ने सबैले हेक्का राख्ने अधिकारीले बताए ।
अहिलेको सरकार असंवैधानिक भन्ने कुरालाई अदालतले नै खण्डित गरिदिएको अधिकारीले बताएका छन् । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले असंवैधानिक रुपमा सरकार गठन भएकै कारण आफू सर्वोच्च गएको र अदालतको फैसलाप्रति पनि असहमति रहेको बताएका थिए ।
पाण्डेलाई त्यसको जवाफ दिँदै अधिकारीले यो सरकार असंवैधानिक भन्ने कुरालाई अदालतले नै खण्डित गरेको र संविधानअनुसार विश्वासको मत लिने अवस्थासम्म आइपुगेको बताएका हुन् ।
अदालत जानु अधिकारीको कुरा भए पनि अदालतलाई दुखै नदिने गरी अगाडि बढ्नु स्वभाविक हुने अधिकारीको भनाइ थियो । संविधानको कार्यान्वयनकै निम्ति आफूले विश्वासको मत मागेको र आफूले कसैलाई आजको–भोलि बर्खास्त नगरेको बताए ।
अस्थिरताका कारण केन्द्रदेखि तलसम्म समीक्षा गर्नुपर्ने आफूले देखेको अधिकारीले बताए । एकछिन रमाइलोका लागि सत्ताबाहिर हुँदा आफू नबोल्ने गरेको अधिकारीको भनाइ थियो ।
अदालतको फैसलाप्रति असहमति जनाएका पाण्डेलाई जवाफ दिँदै अधिकारीले कोशी र गण्डकीको फरक विषय भएको बताए । अदालतको फैसला पनि सच्चयाउनका निम्ति संविधानै संशोधन गर्न पनि सकिने उनको भनाइ थियो ।
अधिकारीले केन्द्रको बजेट जेठ १५ र प्रदेशको असार १ गते आउने भएकाले यो बीचमा विश्वास–अविश्वासको प्रस्तावमाथि छलफल नगर्ने संकल्प गर्न आग्रह गरे ।
प्रतिक्रिया 4