
काठमाडौं । बेलायतका राजा चार्ल्सले छोरा ह्यारीलाई नभेट्ने भएका छन् । कार्यव्यस्तताका कारणले उनले ह्यारीलाई नभेट्ने भएका हुन् ।
फरक क्षमताका प्रतिस्पर्धी सहभागी हुने खेलको दशक पुगेको उपलक्ष्यमा बेलायत आएका ह्यारीले बुवा चार्ल्सलाई भेट्न चाहेका थिए । तर, उनको भेट नहुने भएको छ ।
डुक अफ ससेक्सका प्रवक्ताको भनाइ उद्धृद गर्दै बीबीसीले लेखेको छ, ‘पिताको कार्यव्यस्तताको कारणले दुईजनाबीच भेट हुन सकेन, छिट्टै भेटको आशा राखिएको छ ।’
गत फेब्रुअरीमा पिता चार्ल्सलाई क्यान्सर देखिएपछि ह्यारी बेलायत आएका थिए । यता ह्यारीका प्रवक्ताले पनि विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उहाँको सार्वजनिक प्रतिबद्धता र प्राथामिकतलाई बुझेका छौँ । हाम्रो भेट हुनेछ भन्ने आशा छ ।’
लण्डनबाट ह्यारी नाजेरिया जानेछन् । नाइजेरियाको सेना प्रमुखको निमन्त्रणामा उनी पत्नी मेगनसहित त्यसतर्फ जान लागेका हुन् ।
राजा चार्ल्सको क्यान्सरको उपचार चलिरहेको छ । गत सातादेखि उनी सार्वजनिक कार्यक्रममा उपस्थित हुन थालेका छन् ।
चिकित्सकीय निगरानीमा रहेका उनलाई सार्वजनिक कार्यक्रम र भीडभाडमा जान केही समय रोकिएको थियो ।
प्रतिक्रिया 4