+
+

कर्णालीले बगाएको पुल २ वर्षसम्म पनि बनेन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १४:१९
तस्वीर : प्रकाश सिंह

२७ वैशाख, बाजुरा । २०७९ असारमा आएको कर्णाली नदीको बाढीले बाजुराको भैसागाडमा रहेको झोलुङ्गे पुल बगाएको थियो ।

उक्त पुलले स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोडेको थियो । यही पुल भएर दुई गाउँपालिकाका बासिन्दा वारपार गर्थे, बजार झर्थे र आवश्यक पर्दा नजिकैको स्वास्थ्य चौकी पुग्थे ।

पुल नभएपछि स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १, २ र जगन्नाथ गाउँपालिका ३, ४ र ५ का बासिन्दा नजिककै बजारबाट टाढिएका छन् । पुल नहुँदा १ हजार घरपरिवारलाई प्रत्यक्ष असर परेको छ ।

यी गाउँबाट जगन्नाथ गाउँपालिकाको बेर्मा बजार आउने झोलुङ्गे पुल कर्णाली नदीले बगाएपछि बजारको पहुँचसँगै आवतजावतमा समस्या भएको स्थानीय शिक्षक धनबहादुर धामीले जानकारी दिए ।

पुल हुँदा यी वडाका बासिन्दालाई बेर्मा बजार पुग्न एकदेखि तीन घण्टासम्म लाग्थ्यो । अहिले भने कम्तिमा ४ घण्टा लाग्ने गरेको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिए । उनले भने, ‘साप्पाटलगायत गाउँका बासिन्दा ४ घण्टा हिंडेर जगन्नाथ गाउँपालिकाको जुड्डीमा रहेको झोलुङ्गे पुल तरेर बजार आवतजावत गर्नु परेको छ ।’

गाउँपालिका अध्यक्ष रोकायाले भैसागाडमा झोलुङ्गे पुल निर्माणका लागि बजेट स्वीकृत भइसकेको बताएका छन् । उनले भने, ‘पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट ३ करोड बजेट व्यवस्थापन भएको छ । ३ सय मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि केही दिनमा टेन्डर गर्ने तयारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?