+
+

कान्स रेडकार्पेटमा ऐश्वर्याको सौन्दर्य (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते ११:२८

काठमाडौं । नेपाली समयानुसार बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित गरेकी छन् ।

हलिउडका महान् फ्रान्सिस फोर्ड कोप्पला निर्देशित साइन्स फिक्सन फिल्म ‘मेगालोपोलिस’को वर्ल्ड प्रिमियरका लागि ऐश्वर्या रेडकार्पेटमा सहभागी थिइन् । सुनौलो ढाँचाले सजिएको कालो गाउनमा उनले सौन्दर्यको जादू कान्सको रातो गलैंचामा छरिन् ।

उनको रेडकार्पेट लुक्सलगत्तै इन्स्टाग्राम, एक्स, रेडिट लगायत सामाजिक सञ्जालमा छरिए । उनको गाउन, फाल्गुनी र शेन पीककद्वारा डिजाइन गरिएको र सुनौलो फूलले सजाइएको थियो । ऐश्वर्याले स्टेटमेन्ट गोल्डेन झुम्का लगाएकी थिइन् ।

ऐश्वर्या पहिलोपटक सन् २००२ मा कान्समा सहभागी थिइन् । त्यसपछि उनी लगातार फेस्टिभलमा सहभागी हुँदै आएकी छन् । यसपटकको ७७ औं कान्समा ज्याकलिन फर्नान्डिज, सोनम कपुर लगायतका बलिउड अभिनेत्री पनि पुग्ने तयारीमा छन् ।

कान्स फिल्म फेस्टिभल मात्र नभएर त्यहाँ विश्व फेसनको सौन्दर्य पनि देख्न सकिन्छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?