+
+

करेन्ट लागेर कुखुरा फार्म सञ्चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १५:५४

८ जेठ, विराटनगर । करेन्ट लागेर कुखुरा फार्म सञ्चालकको मृत्यु भएको छ ।

मंगलबार मोरङ बेलबारी नगरपालिका–९ बेराखुनीका ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

डीएसपी बस्‍नेतका अनुसार शेर्पाले आफ्नै फार्मभित्र कुखुरा फार्म सञ्चालन गरेका थिए । फार्मभित्र पंखा जोड्ने क्रममा बिहान ९ :२० बजेतिर उनलाई करेन्ट लागेको थियो ।

पंखा जोड्दै गर्दा विद्युत प्रवाह भइरहेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका शेर्पालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो ।

अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?