 
																			२२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले सन्तुलित बजेट आएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले समग्रमा सन्तुलित बजेट आएको बताएका हुन् ।
विगतका बजेटसँग तुलना गर्दै उनले भने, ‘समग्रमा बजेट सन्तुलित आएको छ । यसपटक बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ ।’
कुनै पनि मुलुक आर्थिक रूपमा सबल हुनका लागि लक्ष्य निर्धारण गर्नुपर्ने र त्यसलाई समयसमेत यकिन गरेर जानुपर्ने बताए । प्रस्तुत बजेटले पनि केही लक्ष्य निश्चित गरेको उनले बताए ।
‘अर्थमन्त्रीले जानेर वा नजानेर केही मिसन मोडको पहिचान गर्नुभएको छ’ वाग्लेले भने ।
अर्थमन्त्रीले तय गरेका मिसन मोडहरूमा डिटिलाइजेसन, ऊर्जा, पर्यटन, कृषि र हरित औद्योगीकरण रहेको उनले औंल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4