काठमाडौं । बलिउड अभिनेता शाहरुख खान फिल्म सुपरस्टार मात्र होइनन्, उनले आफ्नो गैरसरकारी संस्था मीर फाउण्डेसनबाट धेरै महिलाको जीवनस्तरमा पनि सुधार ल्याएका छन् । द इकोनोमिक टाइम्सको रिपोर्टअनुसार यो अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई भारतीय गृह मन्त्रालयले औपचारिक मान्यता समेत दिएको छ ।
विदेशी योगदान दर्ता ऐनमा सूचीकृत गर्दै यो आइएनजीओलाई गृह मन्त्रालयले ५ वर्षको लागि अनुमति दिएको छ । यसको अर्थ, अब मीर फाउन्डेसनले विदेशी अनुदान प्राप्त गर्न सक्नेछ । भारतीय मूलका विदेशी नागरिकले पनि शाहरुखको यो फाउण्डेसनलाई सहायता पठाउन सक्छन् ।
यद्यपि, गैरआवासीय भारतीय (एनआरआई), जो अझै पनि भारतीय राहदानी बोक्छन्, यो इजाजतपत्रको नियमभित्र समावेश छैनन् । मे ३१, २०२४ मा सरकारबाट लाइसेन्स प्राप्त गरेको मीर फाउन्डेसन एसिड आक्रमण पीडितको लागि काम गर्दछ जसलाई शाहरुखले सुरुवात गरेका थिए ।
इकोनोमिक टाइम्सको रिपोर्टमा उल्लेख भएअनुसार, भारतमा गैसरकारी संस्थाले सांस्कृतिक, आर्थिक, शैक्षिक, धार्मिक वा सामाजिक कार्यक्रमजस्ता निश्चित उद्देश्य लिएर इजाजतपत्रको लागि आवेदन दिन सक्छन् ।
कोभिड–१९ महामारीको पहिलो लहरको समयमा मीर फाउन्डेसनले शाहरुखको कार्यालयलाई एसिम्प्टोमेटिक (लक्षणविहिन) बिरामीको लागि क्वारेन्टाइन केन्द्रमा परिणत गर्न मद्दत ग¥यो । त्यसपछि यसलाई गम्भीर बिरामीको लागि आईसीयूमा परिणत गरियो । मीर फाउन्डेसनले यस केन्द्रमा दिनरात सुरक्षा, हाउसकिपिङ, वाटरप्रुफिङ तथा ओछ्यान र खानाको मर्मत तथा व्यवस्था गरेको थियो ।
फिल्मको कुरा गर्दा, शाहरुख अभिनित ‘पठान’, ‘जवान’ र ‘डंकी’ ब्लकबस्टर भए । उनी अर्ब सुजोय घोषको फिल्म ‘किङ’मा छोरा सुहाना खानको सह-कलाकारको भूमिकामा देखिनेछन् ।
प्रतिक्रिया 4