
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री रानी मुखर्जीले छोरा आर्यन खानको डेब्यू गीतमा रोमान्टिक रिल्स सार्वजनिक गर्दै प्रशंसकलाई सरप्राइज दिएका छन्।
- शाहरुखले 'जवान'बाट र रानीले 'मिसेस चटर्जी भर्सेस नर्वे'बाट २०२५ को भारतको राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए।
- शाहरुखले 'नेसनल अवार्ड...हामी दुईको अधुरो इच्छा पुरा भयो...बधाई छ रानी' भनेका छन् र सामाजिक संजालमा उनीहरूलाई 'राहुल र टिना' भन्दै खुसी मनाइरहेका छन्।
मुम्बई । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री रानी मुखर्जीले सोमबार एक रोमान्टिक रिल्स सार्वजनिक गर्दै प्रशंसकलाई सरप्राइज दिएका छन् ।
छोरा आर्यन खानको डेब्यू ‘द ब्याड्स अफ बलिउड’को गीत ‘तु पेहली तु आखिरी’ गीतमा रानीसँग रिल्स बनाउँदै शाहरुखले राष्ट्रिय चलचित्र पुरस्कारको जितमा खुसी मनाएका छन् ।
शाहरुख र रानी दुबैले २०२५ को भारतको राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए । ‘नेसनल अवार्ड…हामी दुईको अधुरो इच्छा पुरा भयो…बधाई छ रानी । तिमी रानी हौ र तिमीलाई सँधै माया गर्छु ।’
शाहरुखले ‘जवान’बाट अवार्ड जितेका थिए भने रानीले ‘मिसेस चटर्जी भर्सेस नर्वे’बाट जितेका थिए । फ्यानले शाहरुख र रानीलाई राहुल र टिना भन्दै सामाजिक संजालमा खुसी मनाइरहेका छन् ।
‘राहुल र टिना फर्किए’ एक सामाजिक संजाल प्रयोगकर्ता लेख्छन् । शाहरुख र रानीले ‘कुछ कुछ होता हे’, ‘चल्ते चल्ते’, ‘कभी अलविदा ना केहना’जस्ता चर्चित फिल्ममा जोडी बाँधेका छन् ।
प्रतिक्रिया 4