
१७ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्रााष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागुऔषध गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
एक किलो ७०८ ग्राम गाँजासहित भारतीय नागरिक ४० वर्षीय मत्रा पथरत अली अकबर छन् ।
विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा पक्राउ गरेको हो । उनको लगेजबाट उक्त गाँज बारमद भएको छ ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4