+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘बाघ र स्याल’ भन्दै किन बाझाबाझ गर्दैछन् फिल्मकर्मी ?

फिल्म वृत्तमा ‘हेट स्पिच’ बढाउने चिन्ता

फिल्म प्रदर्शनको बेला सामाजिक संजालमा गतवर्ष देखिएको ‘हेट स्पिच’ यसवर्ष पनि दोहोरिन थालेको छ । कतिपय फिल्म निर्माताले सामाजिक संजालमा हुने यस्तो आरोप-प्रत्यारोप, गालीगलौज र भनाभनले उद्योगको हित नगर्ने प्रतिक्रिया दिन थालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैंमा प्रदर्शन हुने फिल्मको रिलिज नजिकिँदै गर्दा निर्माता र फ्यानबीच सामाजिक संजालमा आक्रोशपूर्ण प्रतिक्रिया देखिएको छ।
  • माइतीघरका निर्माता रोहित अधिकारीले सामाजिक संजालमा भैरहेका टिप्पणीलाई लिएर कानूनी उपचार खोज्ने चेतावनी दिएका छन्।
  • निर्माता दीपकराज गिरीले गालीगलौज बन्द गर्न आग्रह गर्दै आफ्नो फिल्म प्रचार गर्न भनेका छन्।

काठमाडौं । दशैंमा प्रदर्शन हुने फिल्मको रिलिज मिति नजिकिँदै गर्दा फिल्म निर्माता र फ्यानबीच सामाजिक संजालमा आक्रोशपूर्ण प्रतिक्रिया व्यक्त हुन थालेका छन् ।

फिल्म प्रदर्शनको बेला सामाजिक संजालमा गतवर्ष देखिएको ‘हेट स्पिच’ यसवर्ष पनि दोहोरिन थालेको छ । कतिपय फिल्म निर्माताले सामाजिक संजालमा हुने यस्तो आरोप-प्रत्यारोप, गालीगलौज र भनाभनले उद्योगको हित नगर्ने प्रतिक्रिया दिन थालेका छन् ।

दशैंको फूलपातिमा माइतीघर, बलिदान र हरिबहादुरको जुत्ता प्रदर्शन तयारीमा छन् । विशेषगरि, माइतीघर र बलिदानका निर्माता र प्रशंसकले टाइमलाइनमा एकअर्कालाई गालीगलौज गरिरहेको देख्न सकिन्छ ।

‘माइतीघर’का निर्माता रोहित अधिकारीले सोमबार आफ्नो फिल्मविरुद्ध सामाजिक संजालमा भैरहेका टिप्पणीलाई लक्षित गर्दै फेसबुकमार्फत कानूनी उपचार खोज्ने चेतावनी दिए ।

बरु आफ्नो फिल्म प्रदर्शन नगर्ने तर सामाजिक संजालमा टिप्पणी गर्ने समूहका नाइकेलाई नछाड्ने कुरा उनको स्टाटसमा उल्लेख छ । यद्यपि, उनले यो अभिव्यक्ति कता लक्षित गरेका हुन् भन्ने खुलाएका छैनन् ।

अधिकारीले अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीका दुई स्टाटस सेयर गरेका छन् । मंगलबार बिहान गिरीले दुई स्टाटस लेखेका छन् ।

पहिलो स्टाटसमा गिरीले आफ्नो फिल्मको प्रचार गर्नुको साटो गालीगलौज बन्द गर्न आग्रह गरेका छन् । ‘आफ्नो हिरो बाघ, अरुको स्याल ? याद गरौं बाघ पनि जनावर नै हो’ गिरी लेख्छन् ।

गिरीको यो स्टाटसको केही मिनेटमै ‘बलिदान’ निर्देशक तथा अभिनेता सन्तोष सेनले कमेन्ट गरे- ‘कालीमाता र पशुपतिनाथको कसम खाएर भन्छु, मैले आजसम्म कहिल्यै अरुलाई गिराएर आफैलाई अगाडि बढ्ने पापी सोच पालेको छैन ।’

आफूले नकारात्मक कमेन्ट गर्न लगाएको आरोपको खण्डन गर्दै सेन अघि लेख्छन्, ‘यदि वास्तवमै मैले कहिल्यै कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने मैले बलिदानको सुरुवात नै कालीमाताको चरण छोएर गरेको हुँ । कालीमाता र पशुपतिनाथ समक्ष प्रार्थना गर्दछु– यसै क्षण मेरो जीवन अन्त्य होस् ।’

गतवर्ष पनि सेनले आफूविरुद्धका यी आरोपको खण्डन एक टिभी शोमार्फत गरेका थिए ।

निर्माता गिरीले भने आफ्नो स्टाटसमा उल्लेख भएको शब्द ‘बाघ’ विराज भट्टका छोरा समीरतर्फ लक्षित गरेको अनुमान गर्न सकिन्छ । किनभने, कतिपय मिडिया विवरणदेखि फिल्म निर्माताले समीरलाई ‘बाघ’को संज्ञा दिँदै आएका छन् ।

गिरीको दोस्रो स्टाटस छ- चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले । विचरो न त ब्यंग्य बुझछ । न त बौद्धिकता थाहा छ । बुरुक्क बुरुक्क साँढे झैं उफ्रिन्छ । माया लाग्छ ।’

२०८१ सालको दशैंमा पनि गिरीको ‘छक्कापञ्जा ५’ र विराजको ‘१२ गाउँ’बाट बक्सअफिस भीडन्त भएको थियो । त्यतिबेला आफ्नो फिल्मविरुद्ध नियोजितरुपमा साइबर हमला भएको प्रतिक्रिया गिरीले दिएका थिए ।

यो समग्र विकासक्रममा ‘हरिबहादुरको जुत्ता’ भने मौन देखिएको छ । यो फिल्मका निर्माता सरोज ओलीले आफ्नो फिल्म र टिमलाई कसैलाई गालीगलौज नगर्ने बताएका छन् ।

यो सबै आक्रोशको कारण भने एउटा फिल्मको प्रचार सामाग्री र पोस्टमा अर्को फिल्मबारे फेक एकाउन्टबाट हुने गालीगलौज र टिप्पणी रहेको देखिएको छ ।

पछिल्लो समय फिल्म प्रचारप्रसारको माध्यम सामाजिक संजाल र डिजिटल प्लाटफर्म बन्न थालेपछि यसको प्रतिक्रिया सामाजिक संजालमै अभिव्यक्त हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?