+
+
Shares

नारायणी अस्पतालले पूर्वाग्रह राखी एकैपटक ४७ जना कर्मचारी हटाएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १६:१८
फाइल तस्वीर

काठमाडौं । नारायणी अस्पतालले एकैपटक ४७ जना कर्मचारी हटाएको भन्दै त्यहाँको अस्पताल विकास समितिले आपत्ति जनाएको छ । अस्पतालमा सेवाग्राहीको चापलाई मध्यनजर राख्दै समितिको निर्णयअनुसार व्यवस्थापन गरिएका कर्मचारी मेडिकल सुपरिटेन्डेन्ट लगायतको मिलेमतोमा पूर्वाग्रह राखी हटाइएको समितिको आरोप छ ।

समितिका अध्यक्ष धीरजकुमार गुप्तालगायत सदस्यहरुले मंगलबार विज्ञप्ति जारी गरी अस्पतालका निमित्त मेसु डा. एनामुल हकले समितिसँग कुनै समन्वय नै नगरी कर्मचारीहरु हटाएको भन्दै आपत्ति जनाएका हुन् ।

‘गरिब, असहाय तथा न्यून आर्थिक अवस्था भएका बिरामीहरुको केन्द्रका रूपमा रहेको अस्पतालमा कर्मचारीहरुलाई सेवाबाट हटाइएपश्चात सेवा प्रवाहमा समस्या भएमा त्यसको सम्पूर्ण जिम्मेवारी निमित्त मेडिकल सुपरिटेन्डेन्ट नै लिनुपर्ने व्यहोरा जानकारी गराइन्छ,’ समितिको विज्ञप्तिमा भनिएको छ ।

नारायणी अस्पताल सोमबार सूचना प्रकाशित गरी विना दरबन्दीमा कार्यरत स्टाफ नर्स, हेल्थ असिसटेन्ट, रेडियोग्राफरलगायत ४७ जना कर्मचारीलाई सेवाबाट हटाएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?