+

लामो आयु बाँच्न कस्तो डाइट प्लान अपनाउने ?

२०८१ जेठ  २९ गते १५:४७ २०८१ जेठ २९ गते १५:४७
लामो आयु बाँच्न कस्तो डाइट प्लान अपनाउने ?

खानपान र जीवनशैली अव्यवस्थित हुँदा स्वास्थ्यमा विभिन्न समस्या निम्तिन्छ । यसले दीर्घरोदेखि अकस्मात् मृत्युसम्मको जोखिम हुनसक्छ ।

स्वास्थ्य विज्ञहरुका अनुसार हामीले जे खाएपनि त्यसले स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ । त्यसैले रोगबाट बच्न र लामो आयु बाँच्न चाहनुहुन्छ भने सबभन्दा पहिला आफ्नो आहारमा सुधार गर्नुपर्छ ।

केही अनुसन्धानकर्ताले मेडिटेरेनियन डाइटको खाने मानिस धेरै गम्भीर स्वास्थ्य समस्याबाट सुरक्षित रहन सक्ने बताएका छन् ।

यस सम्बन्धमा हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले भर्खरको अध्ययनमा भनेका छन् कि ’मेडिटेरेनियन डाइट’ले क्यान्सर तथा मुटुसम्बन्धी समस्याबाट बचाउने मात्र नभई गम्भीर रोगबाट हुने मृत्युको जोखिमलाई पनि २३ प्रतिशतले कम गर्न सक्छ । यस प्रकारको डाइट प्लान महिलाका लागि निकै फाइदाजनक रहेको पाइएको छ ।

के हो मेडिटेरियन डाइट ?

मेडिटेरियन डाइटमा मुख्यतया वनस्पतिजन्य खाना र स्वस्थ बोसो समावेश गरिन्छ । यस डाइटमा प्रायः हरियो सागसब्जी, फलफूल र रेसादार सम्पूर्ण अन्न खान सकिन्छ भने यसमा खाना बनाउँदा जैतुनको तेल प्रयोग गर्न सल्लाह दिइन्छ । यो आहार मुख्यतया ड्राइफुड, फलफूल-सागसब्जी र रेसादार खानेकुरा भरपुर हुन्छ । यसबाहेक थोरै मात्रामा माछामासु, दुग्धजन्य पदार्थ, अण्डा कहिलेकाहीं खान सकिन्छ ।

त्यस्तै हृदय रोग र धेरै प्रकारका दीर्घकालीन रोगबाट बच्न मेडिटेरियन डाइट प्लान लाभदायक हुनसक्ने धेरै अनुसन्धानले बताएको छ ।

अनुसन्धानले के पत्ता लगायो ?

हार्वर्डसँग सम्बन्धित ब्रिघम एण्ड वुमेन्स हस्पिटलका अनुसन्धानकर्ताले २५ हजार भन्दा बढी अमेरिकी महिलाहरूमा २५ वर्षसम्म गरिएको अध्ययनमा ’मेडिटेरेनियन डाइट’ धेरै प्रकारले फाइदाजनक रहेको बताएका छन् ।

अनुसन्धानकर्ताले यस प्रकारको डाइट सेवन गर्ने सहभागीहरूमा सबै कारणबाट मृत्युदरको २३ प्रतिशत कम जोखिम पाएको पत्ता लगाएका छन् । यति मात्र नभई यसमा सहभागी मानिसमा क्यान्सर तथा मुटुसम्बन्धी रोगको जोखिम पनि कम पाएको छ । यस अनुसन्धानको नतिजाको आधारमा वैज्ञानिकहरूले लामो समयसम्म बाँच्न चाहनुहुन्छ भने मेडिटेरियन डाइट पालना गरेर फाइदा लिन सक्ने बताएका छन् ।

यस डाइटले मेटाबोलिजमसम्बन्धी समस्या पनि कम हुन्छ ?

अध्ययनका लेखकहरुले यस डाइटले दीर्घकालीन स्वास्थ्य लाभको जाँच गरे । जसमा यसले मेटाबोलिजम सुधार गर्नुका साथै शरीर सुन्निने जस्ता समस्या कम गर्न फाइदाजनक हुनसक्ने पाइएको छ ।

त्यस्तै सहभागीहरूले ट्राइग्लिसराइड्स, फ्याट र इन्सुलिन प्रतिरोधमा सुधार भएको पाए । जुसलाई हृदयरोग र मधुमेहको प्रमुख जोखिम कारक मानिन्छ ।

डाइट प्लान लोकप्रिय बन्दै गएपनि धेरै देशले यसलाई निकै उत्साहका साथ अपनाएको लेखकहरूले उल्लेख गरेका छन् ।

के भन्छन् विज्ञहरू ?

स्वीडेनस्थित उप्सला विश्वविद्यालयका अनुसन्धानकर्ता तथा अध्ययनका प्रमुख लेखक शफकत अहमद भन्छन्, ‘मेटाबोलिजममा सुधार आउँदा सुन्निने, ट्राइग्लिसराइड्स, मोटोपन र इन्सुलिन प्रतिरोध जस्ता समस्या कम गर्न सकिन्छ । यस डाइट प्लानलाई मेटाबोलिजमको लागि विशेष लाभदायक पाइएको छ ।

तर कुनै पनि डाइट प्लान अपनाउनुअघि विज्ञको सल्लाह लिनु अवश्य हुन्छ । किनभने सबैलाई एउटै डाइट प्लान सही हुँदैन । मानिसको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर डाइट प्लान गर्नुपर्ने हुन्छ ।

एजेन्सीको सहयोगमा

डाइट प्लान दीर्घायु स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय