+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

घरेलु श्रमलाई मर्यादित बनाउन कार्यविधि बनाउनुपर्ने माग

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३ गते १५:३४

काठमाडौं । घरेलु श्रमसम्बन्धी छुट्टै कार्यविधि बनाउन सरोकारवालाहरुले माग गरेका छन् । घरेलु श्रमिक मञ्च र स्वतन्त्रता अभियान नेपालको सहकार्यमा ‘अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस’को सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले घरेलु श्रमसम्बन्धी छुट्टै कार्यविधिको माग गरेका हुन् ।

संयुक्त राष्ट्र संघले सन् २०११ को जुलाई १६ मा घरेलु श्रमिकसम्बन्धी महासन्धि (आईएलओ १८९) पारित गरेर विश्वभरका घरेलु श्रमिकको हक अधिकारको सवाललाई पनि मान्यता दिएको अवसरमा हरेक वर्ष अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस मनाउँदै आएको हो ।

सोही सन्दर्भमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार शाहले देशभित्रै सम्मानपूर्वक ढंगले काम गर्ने वातावरणका लागि घरेलु श्रमसम्बन्धी कार्यविधि, नीति बनाउन समितिको तर्फबाट पूर्ण समर्थन हुने बताए ।

अन्तर्राष्ट्रिय श्रम संगठनको नेपाल प्रतिनिधि विना कुँवरले नेपालले घरेलु श्रमसम्बन्धी अनुमोदन गर्न ढिला गर्न नहुने बताइन् । घरेलु श्रमिक मञ्चका सचिव गोमा भण्डारीले अमर्यादित, असुरक्षित र शोषणयुक्त घरेलु श्रमको वर्तमान अवस्थालाई औपचारिक नीतिगत खाकाभित्र समेटी सुरक्षित, मर्यादित र सम्मानित श्रमका रूपमा स्थापित गर्न नेपाली घरेलु श्रमिक संगठित हुन थालेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?