हृदयघात अर्थात् हर्ट अट्याक एक गम्भीर स्वास्थ्य समस्या हो । रक्तनली अर्थात् धमनीमा अचानक अवरोध वा रक्तसञ्चारमा कमी हुने अवस्थालाई हृदयघात भनिन्छ । यसबाट वयस्क महिला र पुरुष मात्र नभई बालबालिकाले पनि ज्यान गुमाइरहेका छन् ।
हृदयघात बढ्नुको मुख्य कारण खराब जीवनशैली र खानपान हो भने उच्च रक्तचापको समस्या पनि एक कारक हो । त्यसैले पहिल्यैदेखि उच्च रक्तचापको समस्या भएका व्यक्तिले अझ बढी स्वास्थ्यमा ध्यान दिनुपर्छ । साथै स्वस्थ खानपान र स्वस्थ जीवनशैली अपनाएर हृदयघातको जोखिम कम गर्न सकिन्छ ।
अनुसन्धानअनुसार हृदयघात हुनु २४ घण्टा अगाडि शरीरमा केही लक्षण देखापर्छ । तर महिला र पुरुषमा देखिने लक्षण भिन्नाभिन्नै हुन्छ ।
महिलामा देखिने लक्षण
लैसेटी डिजिटल हेल्थ फ्राइडेमा प्रकाशित एक अनुसन्धानको रिपोर्टअनुसार धेरैजसो असामान्य हृदयघातका लक्षण महिलामा बढी हुने आशंका गरिएको छ । यस्तो अवस्थामा महिलालाई पहिला सास फेर्न गाह्रो हुने समस्या देखिन्छ । यसबाहेक हृदयघात आउनुभन्दा पहिला छाती दुख्ने, रिंगटा लाग्ने, पेट दुख्ने, असहज महसुस हुने, अत्याधिक कमजोर महसुस हुने, बान्ता आउने जस्ता लक्षण देखापर्न सक्छ ।
पुरुषमा देखिने लक्षण
अनुसन्धान रिपोर्टका अनुसार पुरुषलाई हृदयघात हुँदा एक्कासि छाती दुख्ने वा छातीमा ढुंगाले थिचे जस्तो अनुभव हुन्छ । सुरुमा छातीको बीच भाग दुख्ने तथा भारी हुन्छ र विस्तारै दुखाइ सर्दै जान्छ । यसबाहेक विना कारण घाँटी दुख्ने, चिउँडो दुख्ने समस्या देखापर्छ । यस्तो लक्षण देखापरेमा चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ ।
पुरुषहरुमा हृदयघात हुनुअघि वा हुँदा छातीको दुखाइ भएको थाहा हुन्छ । तर महिलाको हकमा कहिलेकाहीं दुखाइ थाहा नहुन सक्छ । कतिपय अवस्थामा लक्षण देखा परेपनि ग्यास्ट्रिक लगायत कारणले भनेर हेल्चेक्र्याइँ गर्ने गरेको पाइन्छ ।
यसबाहेक हृदयघात हुने बेलामा सामान्यतया छातीमा असजिलो हुने, रक्तचाप बढ्ने, छाती गह्रुँगो भएको महसुस हुने, छाती दुख्ने, पाखुरा वा छातीको करङको तल्लो भाग दुख्ने, दुखाइ सर्दै गएर पिठ्यूँ, बंगारा, गर्दन चिटचिट पसिना आउने, वाकवाकी लाग्ने, बान्ता हुने, झुम्म लागेजस्तो हुने, कमजोरी हुने, बेचैनीमा हुने, स्वाँस्वाँ बढ्ने र मुटुको धड्कन छिटोछिटो बढ्ने वा अनियमित हुने जस्ता लक्षण देखा पर्छन् ।
छातीको दुखाइको महसुस भने महिला र पुरुष दुवैलाई उस्तै हुन्छ ।
लामो समय मुटुको समस्या छ र उच्च रक्तचापको पनि समस्या भएमा यस्ता व्यक्तिले समय-समयमा स्वास्थ्य जाँच गराइरहनुपर्छ ।
महिलामा हुने हृदयघात अझ जटिल
महिनावारी रोकिनुभन्दा अगाडि महिलालाई हृदयघातको जोखिम बढी हुन्छ । तर महिनावारी रोकिएपछि हृदयघातको समस्या जोखिम दुवैलाई उत्तिकै हुन्छ । यद्यपि पुरुषलाई भन्दा महिलामा हुने हृदयघात अझ जटिल हुन्छ ।
 
                    










 २०८१ असार  ६ गते ११:०६
                        २०८१ असार  ६ गते ११:०६                     
                             
                     
 
 
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                                         
                             
                             
                             
                             
                                         
                         
                         
                         
                         
                             
                             
                             
                                         
                             
                                         
                             
                             
                                        
प्रतिक्रिया 4