+
+

कम्प्युटर सोर्सकोड चोरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १७:२९

६ असार, काठमाडौं। कम्प्युटर सोर्सकोड चोरी गरेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका-१ घर भई हाल काठमाडौं बस्‍ने ३१ वर्षीय उमेश कुमार गुपेता रहेका छन् ।

उनलाई नेपाल प्रहरीको साइबर ब्‍यूरोले काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेको उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा मुद्दा चलाइएको छ भने काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई आवश्‍यक अनुसन्धान भइरहेको साइबर ब्‍यूरोका  प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपक राज अवस्थीले बताए ।

एसपी अवस्थीका अनुसार उनीमाथि एनईओ एचआरआई नामक सफ्टवेयरको सोर्स कोड चोरी गरी अधिकृत पहुँच पुर्‍याई बौद्धिक सम्पतिमा आघात पुर्‍याएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?