 
																			६ असार, जनकपुरधाम । सर्लाहीको बरहथवा टेलिकम कार्यालयमा ज्याला मजदुरीमा काम गर्ने एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको बरहथवा नगरपालिका-१० बस्ने २१ वर्षीय आवोध ठाकुर रहेका छन् ।
बिहीबार बिहान सवा ११ बजे सर्लाहीको बरहथवा नगरपालिका-५ स्थित नेपाल टेलिकमको कार्यालयमा करेन्ट लागेर आवोध र उनको भाइ १९ वर्षीय आनन्द ठाकुर घाइते भएका थिए ।
दुबैजनालाई एडभान्स सञ्जिवनी अस्पताल बरहथवामा भर्ना गरिएको थियो ।उपचारको क्रममा आबोध ठाकुरलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
मृतकका भाई आनन्द ठाकुरको उपचार भइरहेको र अवस्थ सामान्य रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4