
काठमाडौं । गायक शान भुसालले नयाँ गीत ‘मायाको धुन’ सार्वजनिक गरेका छन् । गीतमा ऋतिका श्रेष्ठको शब्द र शान स्वयंकै संगीत छ । गीतलाई अल्मोडा राना उप्रेतीले एरेन्ज गरेका छन् ।
प्रेमिल भावको गीत डान्सिङ शैलीमा छ । गीतको भिडियोमा प्रदीप लामा र केविका खत्री फिचर्ड छन् । प्रदीप लामाले निर्देशन गरेको भिडियोमा केविका र प्रदीपकै कोरियोग्राफी छ भने छायांकन, कलर संयोजन तथा सम्पादन पवन सुस्लिङले गरेका छन् ।
गीत ‘शान भुसाल’ युट्युब च्यानलमा रिलिज गरिएको छ । गायक तथा संगीतकार शान अमेरिकामा बसोबास गर्दै आएका छन् । उनले शान्तिश्री परियार र खेम सेन्चुरीले गाएको ‘माया जुनीभरको’मा संगीत गरेका छन् भने उनको स्वर तथा संगीत रहेको ‘नशा’ गीत पनि रुचाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4