
२२ असार, धनगढी । कैलाली कारागारका १५० जना कैदी बन्दीलाई बाँकेको नौबस्तास्थित कारागारमा सारिएको छ । कैलालीमा १५० जना क्षमताको कारागारमा ७१५ जना राखिएका थिए ।
उनीहरुलाई त्यहाँ व्यवस्थापन गर्न समस्या भएपछि १५० जनालाई नौबस्ता कारागारमा सारिएको कैलालीका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए । उनका अनुसार बिहीबार र शुक्रबार ७५/७५ जनाका दरले उनीहरुलाई नौबस्ता कारागारमा पुगाइएको छ ।
कैलाली कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यताका कारण व्यवस्थापनमा चुनौती व्यर्होनुपरेको छ भने गर्मी तथा बर्षातको समयमा विभिन्न रोग फैलिने जोखिम समेत बढ्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4