५ साउन, ललितपुर । विश्व बुद्धिचाल महासंघ (फिडे) को स्थापना भएको १०० वर्ष पुगेको अवसरमा शनिबार देशभरका १० ठाउँमा बुद्धिचाल खेल सञ्चालन भएको छ ।
नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, झापा, सुदुरपश्चिम, कञ्चनपुर र धरान शहरका १० स्थानमा एकै दिन बुद्धिचाल खेल खेलाइएको हो ।
काठमाडौंको वसुन्धारामा भएको प्रथम जीएसी अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा रामभक्त श्रेष्ठ प्रथम, सुजन काफ्ले द्वितीय र सुरेन्द्र लामा तृतीय भएका छन्। कञ्चनपुरमा भएको नेपाल प्रथम सार्क खुल्ला चेसमा धनबहादुर बोगटी प्रथम, दीर्घराज जोशी र वसन्त रावल तृतीय भएका छन् ।
भक्तपुर जिल्ला खुल्ला फिडे १०० ब्लिज खेलमा क्षितिज भण्डारी प्रथम, पुरुषोत्तम सिलवाल र बद्रीलाल नेपाली तृतीय स्थानमा रहन सफल भएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा भएको जेजेज्ज क्याफे फ्रेण्डली रेटिङ चेसमा आशिष फुयाल, गोविन्दप्रसाद पौडेल र हर्कबहादुर चोङ्वाङ तृतीय हुन सफल भएका छन्।
पोखरामा सम्पन्न सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति भेट्रान चेस प्रतियोगितामा रामबहादुर क्षेत्री, बुद्धिराज शर्मा र बिनोद नाल्मि तृतीय भएका छन्।
नेपालका विभिन्न जिल्लामा सम्पन्न भएका खेलहरुमा ५०० भन्दा बढी नेपाली खेलाडीहरुले गिनिस बुक वर्ड रेकर्ड अन्तर्गत नाम राख्न सफल भएका छन्। नेपाली विजेता खेलाडीहरुलाई स्थानीय पालिकाका जनप्रतिनिधिहरुले पुरस्कार वितरण गरेका छन्।
विश्व बुद्धिचाल महासंघ (फिडे) को स्थापना सन् १९२४ जुलाई २० का दिन स्वीटजरल्याण्डको जुरिचमा भएको थियो ।
 
                    










 २०८१ साउन  ५ गते १९:४५
                        २०८१ साउन  ५ गते १९:४५                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4